FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्तो छ बर्दिवास घटनाको नालेबेली, रक्सीका अम्मली आरोपितको एकपछि अर्को घिनौना हर्कत

यस्तो छ बर्दिवास घटनाको नालेबेली, रक्सीका अम्मली आरोपितको एकपछि अर्को घिनौना हर्कत
  • 365
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ९ :
महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका अरुण कुमार साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेर धरौटीमा छुटेको रहस्य खुलेको छ । महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार उनी यसअघि पनि हत्या आरोपमा पक्राउ परेको तर अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए ।

रक्सीका अम्मली आरोपित साह रक्सीको झोँकमा आफनै साथी दिलिप ठाकुरको हत्या आरोपमा जेल परेका थिए । लकडाउनको बेला २०७७ वैशाख २८ गते आफनै गाउँले साथी ठाकुरको हत्या गरेको आरोप अरुण माथि छ । ‘दिलीप र अरुण दुवै जना रक्सीको अम्मली थिए, सँगै रक्सी खाएर आउने बेला दुवै जनाबीच झगडा भएर ढुंगाले एकअर्कामाथि हानाहान भएको थियो,’ प्रहरी निरीक्षक रेग्मील भने, ‘चोट त अरुणलाई पनि लागेको थियो तर अरुणले हानेको ढुंगाले दिलीपको मृत्यु नै भएको थियो ।’

त्यतिबेला पनि हत्या आरोपमा साहलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा नै चलाइएको उनले बताए । ‘तर थुनछेक आदेशको क्रममा महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका कारण उनी रिहा भएका थिए,’ रेग्मीले भने, ‘अदालतको आदेश विरुद्ध उच्च अदालत जनकपुरधाममा पुनरावेदन समेत गरिएको छ तर आदेश भने आइसकेको छैन ।’

अरुणको मूलघर महोत्तरीको गौशाला नगरपालिका–५ मा छ भने अर्को घर बर्दिबास नगरपालिका–१४ मा छ । बर्दिबासको घरमा उनले पसल थापेर व्यापार गर्दै आएका थिए । बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातून मंसिर ७ गते साँझदेखि हराएकी थिइन् । पसलमा ‘चक्लेट’ किन्न गएकी बालिकालाई अरुणले अपहरण गरेर राखेका थिए । साँझ परेपछि बलात्कार गरेर हत्या गरी पोकामा राखेर फालेर आफ्नो गाउँ गौशाला गएका थिए ।

‘उसले बालिकाको हत्या गरेर फालेको कुरा आफ्नो घरपरिवारमा समेत बताएका रहेछन्,’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘उसको पारिवारिक स्रोतबाट नै हत्याको कुरा प्रहरीमा जानकारी आएको तथा परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालय गौशालामा ल्याएर सोमवार राति १२ बजे बुझाएका थिए ।’ राति नै अरुणलाई बर्दिबास लगेर बालिकाको शव फालेको स्थानमा लगेर प्रहरीले शव बरामद गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार पक्राउ परेका अरुणले आरोप स्वीकार गरिसकेका छन् । बालिका हत्याको विरोध गर्दै स्थानीयले बर्दिबासस्थित राजमार्गमा टायर जलाएर विरोध प्रदर्शन गर्नुका साथै आरोपी अरुणको बर्दिबास स्थित घरमा आगो समेत लगाए पछि तनाव उत्पन्न भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा सोहि मात्रामा राउन्ड हवाई फायर समेत गरेका थियो ।

शव पोष्टमार्टमका लागि जनकपुरधाम

महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुरधाम ल्याइएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको हो ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुरधाम लगिएको आरोप लगाइएको छ ।

प्रहरीले गोली चलाएपछि भीड तितरवितर भएको थियो भने ३ जना घाइते भएका छन् । घाइते मध्ये गोली लागेका २ जनालाई थप उपचारका काठमाडौँ पठाइएको छ । संजय भनिने बर्दिवास वडा नं. १ को बुद्धिराज न्यौपानेको दाया तिघ्रामा र चारवटा गोली लागेको वडा नं. ५ का श्याम कार्कीलाई काठमाण्डौ पठाइएको छ । पिडितका आफन्त अफताब आलम टाउको फुटेको र उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । समान्य घाइते पनि एक दर्जन छन् । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए ।

Tags: हत्या आरोपितको अर्को अपराध

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी
आर्थिक

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी

21 mins ago
जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज
आर्थिक

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

1 day ago
जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी
एस.पी. खबर विशेष

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

2 days ago
व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै
आर्थिक

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

2 days ago
श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु
एस.पी. खबर विशेष

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

3 days ago
जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने
एस.पी. खबर विशेष

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

2 weeks ago
घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
एस.पी. खबर विशेष

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

2 weeks ago
नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ
एस.पी. खबर विशेष

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

2 weeks ago
रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन
एस.पी. खबर विशेष

रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन

2 weeks ago
डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश
एस.पी. खबर विशेष

डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश

2 weeks ago

ताजा समाचार

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy