एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ : आँप दिने प्रभोलनमा एक भारतिय नागरिकले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थाकी ११ वर्षिय वालिका कञ्चन पजियारको बलात्कार गरि हत्या गरेको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले भारत उतर प्रदेशको मलिहावाद जिल्ला काकोरी गाँउ बस्ने अशोक सिंहका छोरा वर्ष ३२ को दिपु सिंहलाई सार्वजानिक गरेको छ ।

घटना स्थल कुर्था स्थित चौधरी तथा मिश्र इन्डष्ट्रिजमा पाँच महिना देखि काम गर्ने आरोपित सिंहले त्याहाँ भैसी चराउन गइरहने वालिका कञ्चनलाई आँप दिन्छु भन्दै प्रलोभन देखाई ललाई फकाई गरि पछाडिको झाडीमा लगेर बलात्कार गरि मुख थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानवाट खुलेको धनुषाका प्रहरी उपरिक्ष रमेश बस्नेतले बताए ।

वालिकाको हत्या पछि सिंहले आफुले प्रयोग गर्ने ब्लान्केटमा बेरी विहिवार विहान ३ बजे दुधमती नदिको पश्चिम साइडको डिलमा रहेको सिकटको झाडीमा फालेको एसपी बस्नेतले बताए । ब्लान्केट वालिकोको शव देखि पचास मिटरको दुरीमा एक खेतमा माटोले पुरेको समेत प्रहरीले जनाएको छ । सिंहको हाउभाउ, कञ्चन संगको केहि दिन देखिको लगाव र केहि प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो । सिंहले घटना आफुले गरेको स्वीकार गरिसकेको छ ।

घटनाको आंशकामा प्रहरीले आफुलाई अघोरी बाबा भन्ने देखि सोधपुछको आधारमा करिव १९ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षिय कञ्चनको शव निर्वस्त्र अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीयले दुधमति नदीको छेउमै देखेका थिए ।
तस्वीर र भिडियो : संजय साह