एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : भारतमा मात्र नभई नेपालमा समेत अव विस्तारै बजार खुल्दै जाने हल्ला थियो । व्यापारीहरु महिनो देखि बन्द रहेको पसल र सटर खोलेर अवस्था नियाल्न पसल पुग्दै गर्दा विहिवार एक जना युवा व्यापारी उपर प्रहरी जाइ लागेका छन् । जानकी मन्दिरवाट जनकचौक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका व्यापारी श्याम चौधरीलाई पिठयु भरि डाम हुने गरि प्रहरीले धमाधम लठ्ठी वर्षाएका छन् ।
हेर्नोस भिडियो
श्याम जनकपुरधाम उद्योग बाणिज्य संघका कोषाध्यक्ष अशोक चौधरीका सहोदर भाई हुन । श्यामले आफु पसल सफाई गर्न आएको बताउदै पसलमा रहेको आफनो बुवा माथी एकप्रहरीले हात उठाएपछि आफु प्रतिवाद गर्दा सोहि निहुँमा अन्धाधुन्द लाठी बर्षाउन थालेको बताए । उनले बुवालाई कुटपिट गर्दा आफु पनि आक्रोसमा आएको बताए ।
घटना सम्बन्धमा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साहले प्रहरी आतंकको भत्र्सना गरेका छन् । आफुहरु सयमता अपनाउदा चौतर्फी पिरोलिएको बताउदै अध्यक्ष साहले अमानविय तरिकाले कुटपिट गर्ने प्रहरी उपर कारवाही नभए जनकपुरधामको व्यापारी चुप भएर नबस्ने बताए । उनले आफसंग धन्ुषाका प्रहरी उपरिक्षकको कुराकानी भएको उनी बिदामा रहेकाले जनकपुरधाम आएपछि छानविन गरि प्रहरीलाई कारवाही गर्ने आश्वासन पाएको बताए ।
व्यापारी श्यामलाई कुटपिट गर्दै गरेको भिडियो समेत अहिलो समाजिक सञ्जालमा भाइरल भएको । दृश्यमा प्रहरीको आक्रोस देखिनसक्नु खालको छ । प्रहरीले व्यापारी श्याम मात्र होइन बाटो हिडने पैदल र साइकल यात्री माथी पनि लठठी भाँच्ने गरि कुटपिट गरेको देख्न सकिन्छ । युवा व्यापारी श्यामले समेत प्रहरीको कालर समातेको देखिन्छ । तर यदि प्रहरी त्यसै कारणले श्याम माथी जाई लागेको हो भने एक जना प्रहरी जवान एकदमै आक्रोसित र अनियन्त्रीत हुदै किन जथाभावी अर्का बाटो हिडनेहरुलाई कुटिरहेको छ त ? प्रश्न त्यो पनि आँउछ ।
प्रहरीको भ्यान नजिक पुरयाएर श्यामलाई एकजना जवानले अन्धाधुन्द लठठी वर्षाएको समेत देखिन्छ । दृश्यमा एक साइकल यात्रीलाई समेत लठठी भाँच्ने गरि कुटेको दृश्य समेत देखिन्छ ।