एसपी रिपोर्टर
काठमाणडौँ , चैत्त २२ : सुनसरीबाट अपहरणमा परेकी ७ वर्षीय बालिका ईशु सदालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथिबाट उद्धार गरेको छ। चैत २० गते अपहरणमा परेकी बालिकालाई २४ घण्टाभित्र अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
अपहरणकारीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी व्यारेजमा लगेका थिए। घटनामा संलग्न आरोपमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरिएको छ।भारतको रानीगञ्ज बस्ने साह र ईशुको परिवारबीच पहिलेदेखि चिनजान रहेको खुलेको छ। डीएसपी खतिवडाका अनुसार साहले बालिकालाई फ्रुटी दिएर झुक्याई सिटी सफारीमा चढाएर लगेका थिए। तस्करीमा संलग्न रहेका साह यसअघि भारतमा नक्कली मदिरा कारोबार गरेको आरोपमा पक्राउ परेको पनि खुलेको छ।