एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० पिस भेप फेला परेको हो।
बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोस्टले ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त भेप बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार साना–ठूला बट्टामा प्याक गरिएको अवस्थामा रहेका यी भेपहरू सिलबन्दी भएकाले तत्काल खोल्न नमिल्ने बताइएको छ।
बरामद गरिएका भेपहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालयलाई जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।