एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : नेपाल प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ओसारपसार गरिएको विदेशी मुद्रा बरामद गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा क्षेत्रमा सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एक गाडीबाट अमेरिकी डलर र युरोसहित करिब २५ करोड रुपैयाँ बराबरको रकम फेला पारेको हो।अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उक्त रकम गाडीभित्र कुशलतापूर्वक लुकाइएको थियो। प्रहरी टोलीले शंका लागेपछि गाडी जाँच गर्दा ठूलो परिमाणको अवैध रकम फेला परेको उनले जानकारी दिए।”हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ,” बस्नेतले भने, “बरामद रकम धेरै भएकाले विशेष मेसिनको प्रयोग गरी गणना गर्ने प्रक्रिया चलिरहेको छ।”
यस विषयमा विस्तृत विवरण प्रहरीले आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ। बरामद रकमको स्रोत, ओसारपसारमा संलग्न समूह र सम्भावित संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।