एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० :
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुविधायुक्त होटल रॉयल मिथिला आजदेखि संचालनमा आएको छ। जनकपुरधामको शिवचोकदेखि भानुचोक जाने बाटोमा, उपमहानगरपालिका कार्यालय नजिक नवीन गुप्ताले उक्त होटल स्थापना गरेका हुन्।
होटलको उद्घाटन सञ्चालक गुप्ताका बुवा गोपाल प्रसाद साह र हजुरआमा शशिरंजनी देवी ले संयुक्त रूपमा गरे। कार्यक्रममा परिवारका सदस्य, स्थानीय व्यवसायी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
सुविधासम्पन्न होटल रॉयल मिथिलाले स्वच्छ, आरामदायी तथा आधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यहाँ पार्किङ, रेस्टुरेन्ट तथा राम्रो व्यवस्थापनयुक्त कोठाहरू उपलब्ध छन्। संचालक गुप्ताका अनुसार, होटलले गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्य राखेको छ।