एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ : सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले सो महिलाहरुको खोजी गरिरहेको प्रह्री स्रोतले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता प्रह्री नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानियले भनेको हुलियाको आधारमा महिलाहरुको खोजी भइरहेकाले अहिले नै केहि भन्न नसकिने बताए ।
आजै दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा स्थानियले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा दश र १ सयको नोटहरु फालिएको अवस्थामा देखेपछि स्थानियहरु पैसा देख्ने वितिकै प्रहरीलाई खवर गरेको थियो ।
भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो र त्यसमा कोरोनाको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो । जनकपुरधाममा समेत स्थानियवासीमा सोहि शंका छ । अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनी कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयहरुका अनुसार दुईजना महिला १० र १००को नोट चौकको विभिन्न ठाउँमा फालेर भागेकी छन् । उनीहरुले केहि पसलका सटरहरुमा समेत पैसा राखेको दावी गरिएको छ । जथाभावी रुपमा विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि महावीर चौकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
अन्दाजी ३५ देखि ४० वर्षकी दुई जना महिला जथाभावी रुपमा पैला फालेर भागेको स्थानीयहरुले फोन गरेपछि उनको खोजी भईरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए । कोरोना संक्रमित व्यक्तिले ती रकम फालेको हुन सक्ने वा त्रास बढाउन कसैले त्यसो गरेको हुन सक्ने स्थानीयहरुको अशंका छ । पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने अशांकामा स्थानीयहरु भयभित बनेका छन् ।
तल हेर्नोस भिडियो पनि