एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ : लकडाउनको मौका छोपेर अज्ञात अपराधीले सप्तरीको भारदहमा एक वालकको हत्या गरेको छ । गाउँको ज्ञानु भन्ने जानौं साह स्वर्णकारका १५ वर्षिय छोरा सुरज साहको निर्मम ढंगले हत्या गरिएको छ । कोरोनाको त्रासदी अवस्थामा भएको यो घटनाले सिंगो गाउँ समाज नै झनै त्रासमय र स्तब्ध भएका छन् । लकडाउनको यस्तो अवस्थामा मौकाको फाइदा उठाउनेहरु समेत सक्रिय रहेकाले सुरक्षा व्यवस्था अझ कडा बनाउनुपर्ने आवश्कता देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालिएको र अपराधीको खोजी भइरहेको बताएको छ ।
सिरहामा झडप
स्थानीयले लकडाउन उल्लंघन गर्न खोजेपछि सोमबार साँझ प्रहरीसँग झडप भएको छ । सिरहाको सिरहा नगरपालिका–१७ स्थित पटेर्वामा प्रहरी र स्थानीयबीच साँझ ८ बजेतिर झडप भएको हो । घटनामा तीनजना प्रहरी घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर गरेको छ । ‘लकडाउन’ पालना गराउन गएको प्रहरीमाथि अचानक ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन २३ राउन्ड हवाई फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चुतुर्वेदीले जानकारी दिए । स्थिति नियन्त्रणमा लिई ढुंगामुढामा संलग्न व्यक्तिको खोजी भइरहेको उनले बताए ।
सप्तरीमाअर्को पनि तनाव
उता लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको भएको विवादको क्रममा सप्तरीमा बेहोस भएर एक वृद्धाको मृत्यु भएको स्थानियले दावी गरिएपनि प्रहरीले त्यसको प्रतिवाद गरेको छ । प्रहरीले बिरामी भएको कारण बेहोस भएर आफै मृत्यु भएको हुन गएको हुने सक्नेमा स्थानियले बिना कारण अनावयश्क आरोप लगाएको बताएका छन् । सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय वासिन्दाको विवाद भएको थियो । प्रहरीले कुनै पनि घटनालाई प्रहरी र लकडाउन संग नजोडन आग्रह समेत गरेको छ ।