एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : धनुषाको मिथिला नगरपालिकावाट लकडाउनका बेला पनि भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुर वर्ष २६ का सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेका छन् ।
आइतबार दिउँसो करीब अढाई बजेतिर भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज.१२ प. १११५ नम्बरको पल्सर मोटरसाइकलमा गइरहेको क्रममा प्रहरीले चेकजाँच गर्दा तिनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत धुनषाबाट म्याद थपगरी अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।