एसपी रिपोर्टर
सिरहा, जेठ २२ : सिरहाको मिर्चैयामा अज्ञात समुहको गोली लागेर क जना स्थानिय व्यापारी घायते भएको छ । सिरहाको मिर्चैया नगरपालिका वाडा ६ स्थित सिद्धि मेडिकलका सञ्चालक राम सागर साफीलाई अज्ञात समुहको गोलीक सिकार भएका छन् । अज्ञात समुहले चलाएको गोली लागी राम सागरको तिघ्रमा लागेको छ ।
गोली लागेर घायते भएका राम सागरको उपचार स्स्थानिय मंगलम हस्पिटलमा जारी रहेको छ । यता गोली किन कसरी र कस्ले चलायो खुल्न नसकेको र अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाको केहि मिटर दुरीमा राजमार्गमै अवस्थित मेडिकल स्टोरका सञ्चालक माथि यसरी संघातिक ज्यान मार्ने उद्देश्यले अपराधीक आक्रमण हुनुले सुरक्षा व्यवस्था माथी प्रश्न चिन्ह खडा गरि दिएको छ ।