एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १७ : प्रदेश २ को पाको र जनकपुरधाम सहित यस क्षेत्रकै एक मात्र मेडिकल शिक्षण अस्पताल जानकी मेडिकल कलेज पुनः केहि कर्मचारीको आन्दोलनले प्रभावित भएको छ । सन २००३ मा शिक्षण संस्थाको मान्यता पाएको हाल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ रमदैया भवाडी स्थित शिक्षण अस्पतालको आकस्मिक वाहेकका सेवाहरु प्रभावित भएपनि अस्पतालकै जनकपुरधामको ब्रहमपुरी स्थित सिटी अस्पताल भने निर्वाध सञ्चालनमा रहेको छ । एसपी खवर यस विषयमा रिपोर्टिङ्ग गर्न रमदैया स्थित अस्पताल पुग्दा आकस्मिक सेवा समेत सहज देखिएन । आन्दोलनरत पक्षको धारणा र मांगहरुको विषयमा बुझेपछि हामीले प्रशासन पक्षसंग पनि कुरा गर्नुपर्ने भएकाले प्रशासन प्रमुख दयानन्द (डिएन) झालाई सम्पर्क गर्दा उनी आफु रमदैया आउन नसक्ने बताए । उनले जनकपुरधाम सिटी अस्पताल आएर सम्पर्क गर्न आग्रह गरे र हामी सोहि अनुसार त्यहाँ पुग्यौं र उनीसंग केहि सवालहरु गरयौं प्रस्तुत छ त्यसको केहि अंश ।
तपाई रमदैया स्थित अस्पताल आउन सक्दिन किन भन्नु भयो ?
किन रे म त्यहाँ गए भने जुताको माला लाउने रे मलाई अनि किन जानु ? त्यहाँ डनहरुको बोलबाला छ उनीहरुको भनेको मानेन भने फेरी मारपिट अतितमा पनि भएकै हुन के थाहा पिटला की ?
त्यस्तो असुरक्षा छ र, को संग ?
मान्यता प्राप्त संस्था नै नरहेको संर्घष समितिको संयोजक भनिने उमेश यादव जो आफुलाई स्थानिय डन भन्छ नि उसै संग । के गर्ने कलेजलाई आफनो गोजीको सम्पती बनाउन खोज्या छ उस्ले जसरी चलायो रे त्यसरि नै हिन्नुु पर्ने रे ।
ठिकै त हो नी अस्ती अस्ती त उनीहरुकै बलमा आन्दोलनरत विद्यार्थीहरुलाई तह लगाउने काम गर्नु हुन्थ्यो त ?
त्यसो होइन, तर वास्तवमै उनीहरु आफनो सम्पती जस्तो स्थानिय हुँ भन्दै जे पायो जसरी पायो त्यसरी चलाउन चाहने कारणले नै कलेजको यो अवस्था छ । यती असुरक्षा र चुनौतीका बाबजुद एती लगानी गरेर लागनीकर्ताले यस क्षेत्र सहितका बच्चाहरुलाई चिकित्सा शिक्षाको अवसर यती नजिक ल्याउँदा ल्याउदै पनि हामी सदुपयोग गर्न सकिरहेका छैनौं । कसैले कसरी लगानी गर्ने भन्नु न ?

अनि काम गर्ने कर्मचारीको मांग पुरा गर्दा के हुन्छ त ?
के मांग अस्ती वर्षौको तलव वाँकी भन्यो सवैको तलव क्लियर भएकै हो अव हेर्नु न नयाँ मांग सञ्चयकोष त दशैं भत्ता त्यो पनि कहिले कहिले को ठिकै छ त्यो पनि नाजायज होइन तर नियमावली अनुसार संस्थाले कसैलाई स्पष्टीकरण सोध्दा निष्कास्न गर्दा त्यसै वाहानामा मेरो होइन त तेरो पनि होइन भन्न मिल्छ ? सवै सेवा बन्द गरेर राजनिति दादागिरी गर्न पाइन्छ भन्नु न ।
अनि कसरी चल्छ त यो कलेज ?
हो मेरो पनि यही प्रश्न हो, कसरी चल्छ ? समाज र देशको यो सम्पती कुनै व्यक्ति र डनको निर्देशनमा चल्छ कि विधि विधान र कानुन र प्रशासन अनुसार मलाई त्यही भन्नुस पत्रकार महोदय । कसरी चल्छ ? तपाँइको गाँउमा कलेज छ तपाई सुरु देखि मनमौजी गर्नु भयो तर सधै त चल्दैन नि संस्था नै रहेन भने को हुन्छ न म हुन्छु न त डन भन्ने नै हुन्छ । त्यसैले प्रशानसनको नियम नमान्नेलाई साइड लाग्नै पर्छ नभए चलाउन गारहो छ ।

अनि उनीहरुको वाँकी बक्यौता दिनु परेन ?
त्यो त लेखाले गर्छ नि ? उनीहरुको बाँकी छ कि उनीहरु माथी नै बाँकी छ त्यो काम लेखाको होइन र ? अनि मेरो मान्छे राखेर मात्र हिसाव गर्नु पर्छ भन्नु कति ठिक हो भन्नु न ? कुनै पनि संस्थाले कर्मचारीको मान्छे राखेर हरहिसाव गर्छ त ? हो तपाँई चित बुझेन भने बसेर कुरा गर्नुस तर बन्द खाली हडताल आफनो व्यक्ति स्वार्थको कारण सवैलाई उचालेर संस्था बर्बाद गर्ने अनि आफनो रोटी सेक्न पाइन्छ ?
त्यसो भे बल्ल खुलेको कलेज पनि बन्द हुने हैन त ?
कसरी बन्द हुन्छ ? तपाँइ बिचार गर्नुस जनकपुरको यो सिटि अस्पताल जहाँ तपाई हामी छौं बन्द छ त ? किन छैन कर्मचारी नै हो भने त यहाँ पनि बन्द हडताल हुनुपर्ने हो नी किन छैन ? सोच्नुस त । त्याहाँ उनीहरुको बल, पावर र इलाका ज जे मन लाग्छ गर्ने भयो यहाँको अस्पताल चलेकै छ त, कर्मचारी, चिकित्सक सवै काम गरेकै छन् । उता गयो भने असुरक्षाको डर छ त्यती हो ।
अनि समाधान के त ?
अव हामी प्रशासनलाई गुहारेका छौं, समाजिक संस्था अस्पताल जस्तो संवेदनशिल क्षेत्रलाई यहाँको समाज, कानुन, प्रशासन सवैले जोगाएन भने धारासयी हुन्छ के गर्ने ? त्यसैले हामी वार्तावाट समाधान र दिर्घकालिन समाधान चाहन्छौ बस त्यती हो । धन्यवाद
धन्यवाद यहाँलाई पनि