FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


तिन वर्षमै छ सचिव फेरिएपछि मन्त्रीको आपती, भने, ‘कमान्ड तिम्रै अनि दोषी हामि ?’

तिन वर्षमै छ सचिव फेरिएपछि मन्त्रीको आपती, भने, ‘कमान्ड तिम्रै अनि दोषी हामि ?’

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
भुगोलमा सवैभन्दा कम र जनसंख्याको हिसावले देशकै दोस्रो ठुलो जनसंख्या भएको प्रदेश २ मा देशकै पृथक सरकार छ । सात मध्ये छ प्रदेशमा केन्द्रिय सरकारको नेतृत्वकर्ता नेकपाकै सरकार छ भने प्रदेश २ मा मधेशवादी दलको सरकार छ । नामाकंरण नभए पनि यसलाई मधेश प्रदेश र मधेशी सरकार भनेर उच्चारण गर्ने गरिएको छ । पछि पारिएको र शोषित पिडित मधेशका जनताको आशा र भरोसा मधेशी सरकारमाथी हुनु स्वभाविक हो । जन अपेक्षा अपार हुँदा मधेश आन्दोलनको जगमा संयौं सहादत पछि बनेको यो सरकारले पनि राम्रो काम गर्न नसकेको गुनासो आउनु स्वभाविक पनि हो । तर प्रदेश सरकारको भने आफनै धेरै मजबुरीहरु सुनिन्छ जस्मा कर्मचारीको पदपर्तुी र सरुवा बढुवाको कमान संघिय सरकारकै अधिनमा हुनु पनि एक देखाइन्छ । करिव ३ वर्ष पुग्नै लाग्दा कृषि मन्त्रालयमा मात्र छ जना सचिव फेरिएका छ । वर्तमान सचिव विमल निर्मललाई तानेर मन्त्रालयमा डा. समझना काफलेलाई नयाँ सचिवको रुपमा पठाइएको छ । प्रस्तुत छ यसै सन्दर्भमा प्रदेश २ का भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह संग एसपी खवरका लागि कल्पना यादवले गरेको कुराकानी ।

एकातिर यहाँहरु माथी काम गर्न सकेन भन्ने आरोप, तपाँईहरु चाँही संघिय सरकार माथी आरोप यो के हो ?

हा, हा, हा, यो जुन सुन्नु भयो सहि हो, वास्तवमा प्रदेशमा यस्तै चलिरहेको छ । प्रदेश सरकार बनाइदिए अव प्रदेशवासीको भाग्य विधाता प्रदेश सरकार नै हो जस्तो भ्रम फैलायो तर अधिकार र पावर खोइ त ? जाबो कर्मचारी पनि सिंहदरबारकै मर्जी अनुसार पाउने र गुमाउने पनि अवस्था छ । फल स्वरुप हेर्नोस एउटै मन्त्रीले करिव ३ वर्षमा मात्रै छ जना सचिवहरुसंग काम गर्नु परको छ । सचिव आँउने प्रदेशको माहोल बुझने र काम गर्न सुरु गरेकै हुन्छ तानी हाल्ने काम भएको छ । फेरी बुधवार नयाँ सचिव पाएको छौ हामी ।

अनि के भयो त ? आखिर कामै न गर्ने हो ?

कसरी के भया भन्नु हुन्छ । तपाँइको घरमा नयाँ मान्छे आयो भने तपाई इन्गेज हुनु हुन्न ? परिचय पात, योजना प्रदेश सरकारको भुत भविष्य र उद्देश्य थाहा पाउन समय लाग्छ नी । सरुवा किन गर्ने ? कारण के ? प्रदेश सरकारसंग नसोध्ने ? छलफल गर्न नमिल्ने सिधै तान्ने ? के हो यो ? तिनै तहको सरकार एक अर्का संग समन्वय गरि जानुपर्ने भाषण ठुल ठुलाले गर्ने गर्छन तर व्यवहारमा खोइ त ? हेर्नोस यो सभ प्रदेश सरकार असफल पार्ने र संघियतालाई चुनौती दिने खेला हो क्लियर हुनुस । जनतालाई प्रदेश सरकार देखाउने र काम गर्न नदिने ?

तर कारण जे भएपनि घाटा त जनतालाइ भयो नी ?

हैन बुझे तर जनतामा भ्रम किन छर्ने त ? जनताले पनि बुझनु परयो नि सवै कमान्ड काठमाण्डौंमै छ भनेर । काम गर्न सकेको हुदैन खर्च भा छैन तर भ्रष्टाचारको कुरा फैलाइन्छ । जब खर्च नै भएको छैन अनि भ्रष्टाचार कसरी भयो ? कर्मचारीको हिरिङ्गविरिङ्गले त कामै गर्न सक्या छैनौं नि हामी । जनतालाई प्रदेश सरकार बनाइ दिए अब सब उतै हुन्छ भनियो तर प्रदेश सरकारको मजबुरी कतै आउदैन । जनताले बुझेको छैन अनि गाली हामीले खानु परया छ ।

अनि यहाँको बिचार के त ? कारण के हो ?

संघीय व्यवस्थाप्रति संघ सरकारको अपेक्षित दृढता र योगदान संदिग्ध छ । प्रदेश सरकारको शासकीय शक्ति परिचालन, स्वतन्त्र निर्णय कार्यान्वयन र अवसर उपलब्धतालाई क्रमिक रूपमा संकुचित बनाउँदै तेजोबध गर्ने संघ सरकारको दुष्प्रयासको एउटा दुर्भाग्यपूर्ण उदाहरण निश्चित अवधि बित्न नपाउँदै सचिवहरूको हठात् सरुवा गरिनु हो । प्रदेशको प्रशासनिक व्यवस्थालाई आफ्नो राजनीतिक आस्था र परम्परागत व्यवहारअनुरूप नियन्त्रित र निर्देशित गर्न तथा एकाधिकार एवं वर्चस्ववादी संघात्मक अवधारणा मजबुत बनाउने गरी कर्मचारीको पदस्थापन तथा सरुवा गर्ने नीति लिएको संघ सरकारले प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पछिल्ला तीन वर्षमा ६ जना सचिवको पदस्थापन र स्थानान्तरण गरेको छ । जसले गर्दा सरकारका नीति तथा मन्त्रालयका कार्यक्रम कार्यान्वयनमा बाधाअड्चन र जटिलता उत्पन्न हुँदै आएका छन् । अपर्याप्त जनशक्तिका भरमा धानिएको प्रदेशको कर्मचारी संरचनामा अस्थिरता ल्याई प्रदेश सरकारको कामकाज मत्थर र प्रभावहीन बनाउने संघ सरकारको यस्ता नियत, षड्यन्त्र र व्यवहारको म घोेर निन्दा गर्दछु ।

अब के गर्नु हुन्छ त ?

यस विषयमा मैले माननीय मुख्यमन्त्री लालबाबु राउतज्यूसँग गम्भीर कुराकानी गरेको छु । घरिघरि सचिवहरूको सरुवा गरेर मन्त्रालयका कामकाजलाई पूर्ण र प्रतिफलदायक बन्न नदिने संघ सरकारको कृत्यप्रति उहाँ पनि चिन्तित हुनुहुन्छ । र, यस विषयमा संघ सरकारको ध्यानाकर्षण गराउने र अनुचित प्रवृत्तिमा सुधार ल्याउन कठोर कदम चाल्ने प्रतिबद्धता माननीय मुख्यमन्त्रीज्यूले व्यक्त गर्नुभएको छ । सरकार र सत्तासँग प्रश्न गर्नु, सन्तोषजनक उत्तरको अपेक्षा गर्नु र सरकारका कदममा आशातीत सुधार हुनुपर्ने आकांक्षा राख्नु सामान्य लोकतान्त्रिक अधिकार हो । प्रदेश सरकार यस्ता जनउत्तरदायी अभिव्यक्तिको सम्मान गर्दछ । तर, प्रदेश सरकारलाई कामकाजको दृष्टिले प्रश्नको घेरामा पार्ने स्थिति बनाउन उद्यत र अन्ततः संघीयताको औचित्यलार्ई नै पुष्टि हुन नदिने संघ सरकारका संयन्त्रको कुत्सित क्रियाकलाप र तिनका बारेमा स्पष्ट हुन म सम्पूर्ण प्रदेशवासीसँग आग्रह गर्दछु ।

धन्यवाद मन्त्री ज्यू

तपाँइलाई पनि धन्यवाद ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

2 mins ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

34 mins ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप
राजनीति

भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago
आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै
एस.पी. खबर विशेष

आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै

2 days ago

ताजा समाचार

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप


स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy