FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

राती १२ बजे सम्मको नौटंकी मेरा लागि होइन कि तिनका आफनै लागि हुन भन्ने कुरा जनताले राम्ररी बुझयाछन्

राती १२ बजे सम्मको नौटंकी मेरा लागि होइन कि तिनका आफनै लागि हुन भन्ने कुरा जनताले राम्ररी बुझयाछन्

पुरन रौनियार
जनकपुरधाम, असार ९ :
जनकपुरधाम उपमहानगरपालिकाको निति तथा कार्यक्रम र बजेट अहिले कुकुरका अगाडि फालिएको मासुको हड्डी सावित हुदैछ । र त्यो सावित गर्ने काम उपमहानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष देखि सदस्य सम्मले गरिरहेका छन् । कोरोना काल चल्दै छ सवै भन्दा ठुलो धन भनेकै ज्यान हो तर पनि त्यसको कुनै प्रवाह नगरि राती १२ बजे सम्म हुने हो हल्ला र भिडभाडले बजेट (पैसा) सवै थोक हो भन्ने चरितार्थ इ महामानवहरुले गरिरहेका छन् ।

जनतालाई सवै थोक थाहा छ उनीहरुले सवै बुझेका छन यो नारा जुलुस, हो हल्ला हाम्रो लागि होइन ति तिनका आफनै लागि हुन भनेर । मेयर र उपमेयरले आफनो स्वामित्वमा सवै थोक होस भन्ने इच्छा जाहेर गर्नु, वडा अध्यक्षले कम्तीमा डेढ करोडको योजना हात पार्न खोज्नु र वडा सदस्यहरुले पनि आफु पनि भ्रष्टचार गर्ने ठाँउ पाउनु परयो भन्नु सवैको नियतमा खोट देखिन्छ ।

जनप्रतिनिधी जो समाजका अगुवा हुन्छ उनीहरुले नै रातराती सम्म भिडभाड गर्ने गरेपछि जनता पनि निर्धक्क भएर घर वाहिर निस्कने नै भए त्यसो भएपछि महामारीको प्रकोप त आफनो ठाँउमा छदैछ । जनप्रतिनिधीले म के गर्दै छु, समय र अवस्था के छ ? हाम्रो गतिविधीलाई जनताले कसरी लिदैछ र यस्ले के प्रभाव पार्छ बुझन छाडेपछि समाज कता जान्छ तपाई हामी सहजै अनुमान गर्न सक्दछौं ।

विरोध र प्रदर्शन तथा होहल्ला र भिडभाड गर्नेहरु सवैले जनतालाई देखाएर नारा लगाउने गरेका छन तर जनतालाई भने राम्ररी थाहा छ यो भिडभाड र होल्ला के का लागि हुदैछ भनेर । उदाहरणको रुपमा हामी वडा सदस्यहरुलाई लिन सक्दछौं । जनकपुरधामका अधिकांश वडाको निति तथा योजना वडा अध्यक्ष आफैले बनाएको आरोपमा लागउछन वडा सदस्यहरु तर भित्रि कुरा बेग्लै छ । उनीहरुको पनि महत्वकांक्षा यहाँ सम्म छ की गत तिन वर्षमा हामिले के कमायौं भन्ने सवाल वडा अध्यक्ष समक्ष राख्न थालेका छन् ।

वडा अध्यक्षहरु मनमौजी योजना बनाउदा समेत र विकास निर्माणको काम गर्दा समेत कमिशन खाएर धनी भइरहेको देखेपछि ति पाँचजना वडा सदस्यहरुमा समेत धन आर्जनको महत्वकांक्षा नपलाउने कुरै भएन । तिन तहको सरकार बन्दा महत्वकांक्षा बढेसंगै भ्रष्टाचारको स्केल समेत बढने नै भयो । तर जनतालाई भने घाटै घाटा निश्चित छ । जनप्रतिनिधीले गर्ने भनेको विकासको नाममा गिटी, बालुवा र सिमेन्टको काम हो तर भ्रष्टाचारको कारण ति कामहरु पनि दुई वर्ष सम्म मात्र टिकाउ हुने अर्को सास्ती जनतालाई नै छ ।

विकासको काम टिकाउ र दिर्घकालिन भए योजना र कमाई कम हुने डर पनि जनप्रतिनिधी कमसल काम गर्ने गरेपछि त्यसको मार पनि जनतालाई पर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शाहिकालिन दृश्य झल्किने त्यो प्रवेशद्वारा भित्र मेयर र उपमेयर मात्र चर्चामा आउने गरेपनि हरेक कर्मचारी देखि वडा अध्यक्ष हुदै वडा सदस्य सम्म घरमा पुजापाठ गरि दैनिक केहि अतिरिक्त कमाइ होस भन्ने कामना सहित पुग्ने गरेका छन् । विभिन्न वाहानामा पत्रकारहरुलाई समेत ५ सय देखि ५ हजार सम्म सौहादपुर्ण रुपमै दिने ति भ्रष्टाचारीहरु त्यसकै वाहानामा पत्रकारहरुलाई पनि विकाउ भन्दिहाल्छन् तर आफुले गरेको भ्रष्टाचारको रेसियो मनन गर्दैनन ।

भ्रष्टाचार गर्न केहि न केहि काम त गर्नै पर्ने हुन्छ तर ति काम जनताको हितमा सावित भएको देखिदैन । यि यस्ता महत्वकांक्षाको जालमा हाम्रो समाज फँस्दैछ । वडा सदस्य विकास निर्माणको टेन्डर हत्याउनका लाग भन्दा पनि समाजवको सवै वर्ग र समुदायमा विकास र समानता होस भन्ने सहजीकरणका लागि हुनु पर्नेमा उनीहरुमा देखिने महत्वकांक्षाले हामी वडा अध्यक्ष, उपमेयर, मेयर देखि सांसद मन्त्रीको महत्वकांक्षा अनुमान गर्न सक्दछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

3 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

6 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy