ब्रम्हानन्द ठाकुर
जनकपुरधाम जेठ २५ : सदाझै आज बिहान उठ्ने बितिक्कै मैले फेसबुक र मेसेन्जर चेक गरे । त्यसो त खासै मेरो मेसेन्जरमा केही हुदैन तर कहिलेकाही देश बिदेशबाट म पत्रकार भएको नाताले साथी भाइहरुले आफ्ना समस्या राखेर सहयोग माग्ने गरेका छन र मैले पनि सके जति उनिहरुको समस्यालाई समाधान गर्ने प्रयास गर्दै आएको छु ।
आज बिहान मेरो मेसेन्जरमा सर्लाही ईश्वरपुर १३ का लक्ष्मी महतो नामका एक जनाले मेसेज गरेका रहेछन । हुनत उनी सङ मेरो कुनै चिनजान छैन । महतोले मध्य रात १२स्३० बजे मेसेज गरे पनि म त्यतिबेला निदाएको कारणले आज बिहान मात्रै त्यो मेसेज पढ्न भ्याए । उनले त्यो मेसेजमा उनको १९ बर्षिय भाइ दीपेन्द्र कुमार महतो केहि दिन देखि बिरामी रहेको र काव्या हस्पिटल जनकपुरमा उपचार गराईरहेको लेखेका रहेछन ।
उपचारका क्रममा उनको बिल ८४,५०० भएको र आफू एकदम गरीब र असहाय भएकोले डिस्चार्ज गराइदिन पहल गरिदिन र रकम छुट गराईदिन आग्रह गरेका रहेछन । साथै उनले आफुले ३६,५०० काउण्टरमा र ११,००० औषधि बापतको रकम जम्मा गराई सकेको र बाकी रकमका लागि सहयोग गरिदिन आग्रह गरि लेखेका रहेछन । मेसेज पढ्ने बितिकै म कसरी इनलाई सहयोग गर्न सक्छु भन्ने सोच्न थाले । त्यतिकैमा मलाई आफुलाई सेवक भनेर चिनाउने दाजु बैधनाथ साहलाइ स्मरण गरे । उहाले यस अगाडि थुप्रै सहयोगका कामहरू गरि सक्नु भएको छ । र यस कार्यमा उहाँले मलाई पनि सहयोग गर्नुहुन्छ भन्ने बिश्वासका साथ उहाँ समक्ष कुरो राखे ।
उहाँले तुरुन्त रिस्पोन्स गर्नु भो र हामी २ जनै महतोलाई भेट्न र यथार्थ कुरो बुझ्न हस्पिटल लाग्यौ । उहासङ समयको अभाव रहेपनी मेरा लागि भन्दै समय जुटाएर सहयोग गर्नु भएकोमा धन्यवाद । हामी २ महतो सङ भेटेर बिरामी र उनको आर्थिक अवस्थाका बिषयमा जानकारी लियौ । महतो ले आफुसङ भाईलाई डिस्चार्ज गर्नका लागि एक सुको न भएको र भाइको अवस्था पनि नाजुक रहेको, बाच्न न सक्ने बताए । उनलाई पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भइ सिकिस्त बिरामी भएकोले आइसियुमा राखिएको रहेछ । हामी तत्काल फर्कियौ ।
दाजु बैधनाथ साहले सहयोगका लागि कव्या हस्पिटलका सन्चालक डाक्टर एस के सिह समक्ष कुरो पुर्याए । उहाँले पनि यस्तो समयमा तत्कालै बाकी रहेको सम्पुर्ण रकम माफ गरिदिने आश्वासन दिए । मैले यो खबर पुन महतो लाई दिए र उसले आफ्नो भाइ डिस्चार्ज भै सकेको र बाकिको सम्पुर्ण रकम मिनहा गरिदिएको सुनाए । डिस्चार्ज पछि भाइलाई उनले आफ्नो गाउँ लगेका छन । धन्यवाद छ दाजु बैधनाथ साह र डाक्टर एस के सिहलाई र म आफू पनि सहयोग गर्न पाएकोमा खुशी छु ।
लेखक पत्रकार हुन ।