जनकपुरधाम, जेठ २४ : देश कोरोना महामारीको चपेटामा छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण विश्व सहित नेपालाई समेत अछुतो छाडेनन । झन भारतमा लकडाउन खुकुलो भएसंगै भारत बस्ने नेपालीहरु देश प्रवेश गर्दा संक्रमणले तिव्रता पाएको छ ।
यस्तो अवस्थामा केहि कमी कमजोरी रहेपनि हाम्रो एउटै आशा भनेको चिकित्स र नर्श नै हुन । तर यस्तो अवस्थामा पनि पछिल्लो समय देशको विभिन्न ठाँउमा चिकित्स माथी भएको कुटपिट र हातपातका घटनाले आफनो भविष्य चिकित्सय पेशामा देखेका मेडिकल अधिकृत र रेसिडेन्सियल चिकित्सकहरुमा त्रास उत्पन्न भएको छ । करौडौं खर्च गरेर अध्यन्न गरेका ति चिकित्सहरु नेपालमा आफनो भविष्य के भन्नेमा चिन्तित हुन थालेका छन् । यसै सन्दर्भमा समाजिक अभियन्ता समेत रहेका मेडिकल अधिकृत (एमबिबिएस धुलिखेल अस्पताल) डा. सुधिर भगतसंग एसपी खवरका लागि पुरन रौनियारले गरेको कुराकानी प्रस्तुत छ ।
देशमा डाक्टरहरु माथी भइरहेको हातपातको घटनालाई कसरी लिनु भएको छ ?
कुन शब्दमा टिप्पनी गर्ने, के भन्ने, भन्नु न पत्रकार महोदय ? मानवता कता छ ? विरामीलाई लिएर अस्पताल जाँदाको मनस्थिती र संयोग वस केहि भयो भने त्यस पछिको मनस्थिती देख्दा त पेशा प्रति नै धिक्कार लाग्छ कहिले काँही । विरामीको उपचार हुन्जेल सम्म डाक्टरलाई भगवान जस्तै हात जोडेर पुजा हुन्छ यहाँ तर संजोग नचाहदा नचाहदै पनि केहि भयो भई हाल्यो भने त त्यै डाक्टर दुश्मन हुन्छ । भएका सवै घटनाहरुले काम गर्न मनोवल घटाएकै हो नी के भन्ने ?
सिनियर चिकित्सकहरु भन्दा यहाँहरु जस्ता मेडिकल अधिकृतहरु धेरै असुरक्षित हो ?
हैन आक्रोसको सिकार त कुनै पनि तहका चिकित्स हुनुहुन्छ । तर हामी चै अलिक धेरै नै काम गर्ने र विरामीको परिवारजनसंगको सम्पर्कमा बस्नु पर्ने भएको हुनाले पनि समस्या हुन्छ । नेपाल मेडिकल कलेजको इमरजेन्सीमा रहेका डक्टर माथीको प्रहार भएको केही दिनमै डोटीमा उपचाररत स्वास्थ्यकर्मी माथि हमला भयो, जो ट्रमा सेन्टरमा आफैं उपचारको लागी भर्ना भएका छन् । फेरि रौतहट जिल्लाको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मी माथि हमला भएको छ । जसमा एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ । हामी कता जाँदै छौ ? अव त यहाँ उपचार भनेको के हो ? बुझनै छोडेका छन् ।
हैन लापरवाही पनि त छ नी चिकित्सकहरुका धेरै उदाहरण छन नी ?
हेर्नोस चिकित्स पनि समान्य मानिश नै हुन । त्रुटी गल्ती कोहिवाट पनि हुन सक्छ । तपाँइ बस चढनु हुन्छ, प्लेन चढनु हुन्छ एकसय प्रतिशत गनतब्यमा पुग्नु नै हुन्छ भन्ने ग्यारेन्टी हुन्छ ? त्यस्तै हो उपचार तपाँइको इच्छा के हुन्छ भने कुनै पनि हालतमा पैसा खर्च गरेपछि मेरा विरामी निको हुनुपर्दछ । तर त्यस्तो सम्भव छ ? शाल्यक्रिया अगाडि राजीपत्रमा किन हस्ताक्षर गराइन्छ ? शाल्यक्रियामा कुनै पनि चिजको ग्यारेन्टी हुदैन । झन रौतहटको क्वारेन्टाइनमा भएको घटना त अत्यन्तै फरक छ त्यहाँ त मानवता नै देखिदैन । समाज कहाँ जादै छ ?
जे भएपनि चिकित्सके आन्दोलन गरेर सवैलाई दुःख पनी त दिन भएन नी ?
हा..हा..हा..हा.. अनिके पिटाइ खाई खाई उपचार गर्नु त सर ? हामीलाई त अव यो देशमा हाम्रो पेशाको के हुने भविष्य के हुने भन्न लाग्न थालि सक्यो । सुविधाका लागि विदेश जाँउ अव त्यो पनि रहेन महामारीले विदेश जान पनि अव त्यती राम्रो लाग्दैन । यहाँ कुनै सिष्टम छैन । जस्जे जे गर्दा पनि हुने छुट जस्तै छ । तपाँईको काम राम्रो भयो उपचार भयो भने पनि पैसा तिर्ने वेलामा भित्रभित्रै दुःख लाग्ने र कहि कतै संजोग बस नचाहेर पनि विरामीलाई केहि भइ हाल्यो भने त डाक्टरको आफै पनि हालत खराव हुन्छ नेपालमा । त्यसपछि त घर जाँदा जाँदै के हुन्छ ठेकान हुदैन भने डर पनि हुन्छ ।
तपाईहरु आफनो मात्र कुरा हेर्ने ? अनि विरामी र पिडितको नी ?
हैन मानवअधिकार सवैको हुनु पर्दछ । तर सवै कामको सिष्टम र नियम छ त्यसलाई मान्नै पर्छ । तपाँई जुन अस्पताल जानु हुन्छ अस्पतालले तपाँईलाई बोलाएको हुन्छ त उपचारका लागि ? हो अनि विश्वास गरेर गएपछि जे मा पनि विश्वास गर्नोस । कुनै पनि सवारी चालक वा चिकित्सक आफनो यात्री वा विरामीको अहित सोच्दैनन होला । लापरवाहीको पनि घटना भएको होला तर चिकित्सक पेशा र उपचार विश्वास कै आधारमा मात्र सम्भव छ भन्ने कुरा बुझन जुरुरी छ ।
अनि यो बिचमा घटनाको विरोधमा धेरै ठाँउ पुग्नु भयो त ?
अनि के गर्ने भन्नु न । गणतन्त्र लोकतन्त्रको नाउँमा जथाभावीको काम पनि भइरहेको छ । चिकित्सक भगवान होइन तपाँईको विरामीलाई सत प्रतिशत ठिक नै गरिदिने जिम्मा कसरी लिन सक्छ ? पेशागत सुरक्षाका लागि मेरो हैसियत अुनसार मुख्यमन्त्री, मुख्यन्याधिवतmा, सिडिओ, एसपी, पत्रकार महासंघ सवैतिर गए । आफ्नो ज्यानको बाजी लगाएर दिन रात खटिएका स्वास्थ्यकर्मी माथी हातपात गर्न, पिट्नु, कहाँको नियम हो ? अरु को जान बचाउने क्रममा आफैं पिटाई खानु कुन मानवता हो ? त्यसैले केहि निकायहरुमा गएर ध्यानाकर्षण गराएको हुँ ।
अन्त्यमा केहि भन्नु हुन्छ ?
सवैले आफनो छोराछोरी डाक्टर बनोस भन्ने सपना बुनेको हुन्छ । तर डाक्टर बन्न र पढन कति पैसा तपस्या गर्नु पर्छ डाक्टर र तिनका परिवारलाई मात्र थाहा हुन्छ । त्यो लगानी र समर्पण कसैलाई मार्न होइन बचाउनका लागि गरेको हुन्छ । तर अपवाद जहाँ पनि हुन्छ । सवै कुरा डाक्टरको हातमा हुदैन । त्यसैले डाक्टरको ठाँउमा आफु र आफनो छोरा छोरीलाई राखेर हेरौं । अनि राज्यले समेत चिकित्सहरुलाई सहज र भयत्रास रहित वातावरणमा काम गर्ने वातावरण बनाइदिनु पर्छ । चिकित्सक विरामीका लागि मात्र नभई आइपर्ने यस्तो महामारी र जोखिका पनि एक मात्र साथी र रक्षक हुन भन्ने कुरा सिद्व भइसकेकाले चिकित्सको समेत अधिकार र मानवअधिकारका बारेमा सोच्नु पर्दछ । पैसा तिर्दैमा मानवता कसैले विर्सन भएन । मैले ति निकायहरुमा बुझाएको ज्ञापन पत्र समेत यहाँ लाई हस्तान्तरण गर्न चाहन्छु ।
धन्यवाद !