
पुरन रौनियार ……………………..✍️
अहिलेको मौसम हेर्दा हिन्दीको एउटा गित याद आउँछ ‘तेरे चेहरेसे नजर नहि हटती नजारे हम क्या देखें, नजारे हम क्या देखे…..’ बास्तवमा हो पनि यसवर्षको मौसमको नाजारा हेर्न लायक छ ।
जेठ २१ गते चलिरहेको छ । तर विचार गर्नु भा छ, मौसम कस्तो कुल छ नी ? आश्चर्यको कुरो जेठ २१ गतेको समय तराई मधेशका लागि प्रचण्ड गर्मीको समय हो तर छिन छिन मा अचानक पानी परेको छ । आकासमा अधिकांश बादल खेल्ने र झिमझिम पानी पर्ने क्रमले मनै आनन्दित तुल्याउने भन्या । कहिल्यै झयाम झयाम त कहिले सिमसिम पानी परेको दृश्य यस वर्ष खाइ लाग्दो छ । विहान उठदा वाहिर चर्को घाम होला भनेर वाहिर निसक्दा वाहिर आकाशमा बादल खेलिरहेको र सुर्यलाई छेकिरहेको शितल दृश्य देखिन्छ ।

कोरोना भाइरस कोभिड १९ को माहामारी र त्यसवाट बच्न जारी भएको लकडाउनका कारण हामी घर घरमा छौं तर प्रकृती मज्जाले वाहिर खेलीरहेको कुरा बिचार गर्नु भा छ ? दु्नियाभरको उद्योग कलकारखाना बन्द छ । बन्द हुँदा प्रकृतीले दैनिक पाइरहने कालो रंगविरंगी धुवाँ र धुलाहरु पनि हराएका छन् । सडकमा सवारी साधन नचलेकाले त्यसको धुवाँ धुलो र गर्मीवाट समेत वातावरणलाई चयन मिलेको छ ।

प्रकृतीलाई कुनै फिकिर छैन । आकासमा समय समयमा ध्यान दिनुहोला कहिल्यै नदेखिएका चराचुरुङ्गीहरुको झुन्ड हेर्नु हुनेछ । जनकपुरधाममा एतिवेला खानेपानी हातेकलको मुहान सुखी सक्या हुन्थ्यो तर धारा र कलमा एतिवेला पानीको वेग ह्वातह्वाती छ । ति निश्चल चिसो पानी शरिरमा स्पर्श हुने वितिकै प्रकृतीलाई मनै मन धन्यवाद दिन मन लाग्छ ।

प्रत्येक वर्ष यस महिना, मौसम र सिजनमा यो मन र शरिरले चर्को घाम र प्रचण्ड गर्मीको अपेक्षा गरेको हुन्छ तर अहिले सम्म स्मरण हुने गर्मी भने महशुस नभएको हुनुपर्छ तपाई हामीलाई । भारतको राजधानी दिल्ली सहितका विभिन्न भागहरुमा यो समयमा गर्मीकै कारण लु लागेर मृत्यु भएको खवरहरु सुन्नमा आउथ्यो तर यसपाली त्याहाँका समाज पनि यस मामिलामा हर्षित छन् ।
अहिले सम्म हामी आफनो बारेमा मात्र सोच्ने ग¥यौं, हामी बाँच्ने मुख्य आधार प्रकृतीलाई खुसी पार्ने र बाच्न दिनुपर्ने आधारहरुको बारेमा सायद सोचेनौ त्यसैले त आज एक मानिशले अर्को मानिशलाई छुन समेत नसक्ने गरि दुरी बढेको छ । समाजिक दुरी र रोगको महारीको डरका कारण आखाँ अगाडी नै घाँटी रेटदा समेत एकले अर्कालाई बचाउन नसकिने समय र वर्तमान परिस्थितीको सृजना हाम्रै हिजोको बानी व्यहोराले गरेको हो ।
यस संगै हामी अव सुध्रिने कि ?
हुनत हामी मानव सवै भन्दा सर्व श्रेष्ठ प्राणीमा गनिन्छौं । तर हाम्रा कृयाकलाप सर्व श्रेष्ठ होइन भने आत्मसमिक्षा हामीले गरेकै हुनुपर्छ । हामी अस्थारुपी भगवान वा भनौ इश्वरलाई पुज्ने गर्छौ तर अर्का इश्वररुपी यस प्रकृती जस्ले हामीलाई बाच्ने आधार दिएको छ उस्को पनि संरक्षण र सम्र्वद्वनरुपी पुजापाठ गर्न चुक्यौं की ? एकचोटी सोचौं ।

हाम्रो गाँउघरमा रहेको फुस वा खपरा छानाको घर हामी केहि वर्षकै अन्तरालमा पुनः छार्ने काम गर्छौ किनकी हामीलाई त्यसले समस्या भइरहेको हुन्छ । तर विभिन्न रोग त्यसको औषधी सेवनको साइडइफेक्ट सहेर पनि प्रकृती तिर ध्यान दिदैनौं । घरको छाना जस्तै वर्षै पिछे हामीले प्रकृतीको बचाव, संरक्षण र संवद्र्वनको लागि केहि मात्र गर्न सक्यौं भने समयमै घाम समयमै पानी र समयमै हरेक प्राकृतीक उपहार पाएर सुखी जिवन यापन गर्न सक्छौं भन्ने अहिले प्रमाणित भएको छ ।
तसर्थ हामी अव पनि सुध्रिन आवयश्क छ । बानी व्यहोरा, पैसाको लागि मात्र व्यस्त र असिन पसिन हुने बानी, अफिस, काम र घर परिवार भन्दा व्यक्तिगत शरिर, प्रकृती र वातावरणका लागि पनि सेडुल बनाएरै समय छुटयाउन आवयश्क देखिन्छ । वातावरण सन्तुलन राख्नमा मद्दत गर्ने प्रदुषण नियन्त्रण, वृक्षारोपण, जनावर, जिवजन्तु र पशु्पन्छीको संरक्षण सहितका गतिविधी बाँच्नकै लागि भएपनि मानवको दैनिक काम हुनुपर्ने मांग र निर्देशन प्रकृतीको छ ।