उदय कुमार यादव (बरबरिया)
सुगौली सन्धीले नेपाल—भारत पश्चिम सिमाना काली नदी भनेको छ । कालीको मुहान लिम्पियाधुरा भन्ने तथ्य पनि प्रमाणित छ तर भारतले लिम्पियाधुरादेखि पूर्व लिपुलेकसम्मको ३८५ वर्ग किलोमिटर नेपाली भूमि वषौदेखि हडपेको छ र हडप्ने प्रक्रिया जारी राखेको छ । जसको पछिल्लो कडी नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने ८० किमि लामो सडक निर्माण हो ।
नेपाल भूमि हुँदै भारतले ८० किलोमिटर लामो सडक बनायो र उद्घाटन समेत गर्यो । हामी बेखवर जस्तै भयौ किन ? सरकारले के हेरर बसेको ? भारतले गरेको अतिक्रमणको बारे जानकारी भएर पनि नबोलेको हो कि थाहा नै नभएको हो, हाम्रो राष्ट्रवादी सरकारलाई ?
सरकारले जनतालाई जानकारी गराउने, भारतीय पक्षलाई स्पष्टिकरण सोध्ने र यसबारे चीनलाई पनि सोध्ने हैषियत राख्न सक्छ ? यो हैषियत राख्दा मात्र यो सरकार वाम र राष्ट्रवादी हुनसक्छ अन्यथा उही पुरानै हेपिने र गुमाउने चक्र दोहोरिने छ ।
हाम्रो भूमि—फिर्ता गर ! भारतीय विस्तारवाद—मुर्दावाद !!
लेखक : शहिदनगर नगरपालिका धनुषाका प्रमुख हुन