अजय यादव (बरबरिया)
नेपालको दक्षिणी क्षेत्र जसलाइ मधेश वा तराई भनिन्छ, त्यहाँ थुपै्र समस्याहरु छन, र उकत क्षेत्र ठूलो चर्चा परिचर्चाको केन्द्र बनेको छ यतिवेला । त्यहाँका जनताले सदियौ देखि अन्याय, अत्याचार, दमन, शोषण, भेदभाव, हेपाइ, अवहेलना, थिचोमिचो र उत्पीडन झेल्दै आएका छन् । मधेशी समुदायका व्यक्तिहरुलाइ पहाडका बाहुन र क्षेत्री तथा आदिवासी जनजातिहरुले मात्रै हैन , पहाडमै पनि सबैभन्दा बढी उत्पीडित र छुवाछुत गरिने दलितहरुले समेत हेप्छन् र अवहेलना गर्छन ‘ मस्र्या ’ भनेर । यस्तो चरम उत्पीडन छ मधेशीहरुमाथि । राज्यमा तिनीहरुको पहुच छैन , हरेक क्षेत्रमा अधिकारहरु बाट वन्चित गराइएका छन् । त्यस क्षेत्रमा एक प्रकारको आन्तरिक औपनिवेशीकरण कै स्थिति रहेको छ । मधेशी समुदायमाथि उत्पीडनको मुख्य कारक तत्व पहाडिया ब्राम्हणवादी राज्यसत्ता नै हो । अरु हुदैँ हैन । हुन भने पनि साहयक र गौण कारक मात्रै हून् ।
यद्यपी पहाडियाहरुको त कुरै छाडौँ ,कतिपय मधेशीहरु समेत यो तथ्यलाइ यसरी प्रष्टसँग भन्न चाहन्न् वा भन्ने आँट गर्दैनन् । तर जति लुकाए पनि यो सत्य हो र सत्यालाइ सबैले निःसंकोच स्वीकार गर्नुपर्छ र भन्ने आँट गर्नुपर्छ । यस्तो किन पनि हो भने कुनै पनि सम्स्याको सामाधान त्यसको पहिचान गरेर मात्रै हुन्छ , त्यसलाइ लुकाएर वा भन्न संकोचमानेर वा अरु रिसाउला कि भनी डराएर हुन सक्दैन । बरु किटानी गरी सकेपछि उकत समस्याको सामाधान कसरी गर्ने ? भन्ने बाटोमा सोहाद्र्रता एवं हार्दिकतापूर्वक कुनै आग्रह – पूर्वाग्रह , इष्या नराखी व्यापक छलफल गर्नुपर्छ , गर्न सकिन्छ र त्यसरी अवश्य पनि सामाधान फेला पर्छ ।
हन त मधेशीहरुमाथि कतिपय पहाडिया व्यक्ति विशेषहरुको पनि उत्पीडन अवश्य होला , छदै छैन भन्न पकिन्न । तर त्यो अंश त पहाडिया अहँकारवादी राजयसत्ता नै हो । व्यक्ति ले त आर्थिक शोषन , दमन , कुटपिट , भेदभाव , अवहेलना , हेप्ने आदि मात्रै गर्न सकछ , सिंगो समुदायलाइ सेना लगायतका निकायमा सहभागिताबाट रोक्ने कार्य वा राज्यसत्तामा पहुतबाट वंचित गराउने कार्य आदि गर्नै सक्दैन । त्यसैले राज्यसत्तालाइ नै मधेशी समुदायमाथि उत्पीडनको प्रमुख कारक तत्व ठहर गरिएको हो जुन राज्यसत्तामाथि पहाडियाहरुकै कबजा छ । तर एउटा के कुरामा सबै स्पष्ट हुनुपर्छ भने पहाडिया अहंकारवादी राज्यसत्ताको अर्थ सबै पहाडियाहरु भन्ने हैन र सबै पहाडियाहरुलाइ शत्रु ठान्ने गर्नु हुन्न किनकि पहाडियाहरुमा पनि थुपै्र व्यक्तिहरु मधेशी उत्पीडनका विरोधी छन् र तिनीहरुको न्याय , सामानता र मुक्तिका पक्षमा छन् । पहाडिया अहंकारवाद भन्नुको अर्थ एउटा प्रवृतिको किटानी हो र पितृसत्तावाद भन्दा सम्पूर्ण पुरुषहरुको र भारतिय विस्तारवाद भन्दा सबै भारतिय जनताको विरोध नभए जस्तै पहाडिया अहंकारवादी राज्यसत्ता भन्दा सबै पहाडियाहरुलाइ सम्बोधन गरेको अर्थ लागदैन , र लगाउनु हुन्नु । अर्को के पनि उल्लेखनीय छ भने यो प्रवृति कतिपय मधेशीहरुमै पनि हुनसकछ ।
सामाजमा हामी देख्छौँ – एउटी महिलाले अर्की महिलालाइ ( उदाहरणर्थ । सासुले वुहारीलाइ ) उत्पीडन गरिरहेकी हुन्छन् । तर पनि पितृसत्रात्मक राज्यसत्ता वा सामाजलाई नै पीडक ठान्ने गरिन्छ । किन ? त्यसै गरी एउटा मजदुरले अर्को मजदरलाइ र एउटा गरिवले अर्को गरिवलाइ ठगिरहेको पनि हुनसकछ । के त्यसको अर्थ मालिकले मजदुरलाइ र धनीले गरिवलाइ ठगदैन भन्ने हुन्छ त ? हुदैन किनभने यस्ता घटनाहरु अपवादको रुपमा रहेका हुन्छन र यी गौण हुन्छन , प्रधान हुदैनन् र कुनै पनि चिजलाइ रुप र अंशमा हैन् सार र समुच्चवमै बुझनुपर्छ ।
हुन त कतिपय पहाडियाहरु मधेशी समुदायमाथि उत्पीडनको प्रमुख कारक तत्व पहाडिया अहंकारवादी राजयसत्तालाइ मान्न तैयार छैन्न् । उनीहरुको भनाइ के छ भने मधेशीहरुमै पनि आपसमा शोषण दमन हुन्छ । भेदभाव हुन्छ । मधेशी पुरुषहरुले मधेशी महिलामाथि , धनीहरुले गरिवमाथि , कथित उच्च जातले कथित तल्लो जातमाथि उत्पीडन गर्छन । र यो कुरा गलत हैन पनि । तर त्यो उनीहरुको आन्तरकि कुरा हो र गौण पक्ष हो , प्रधान पक्ष त त्यो सिंगै समुदायमाथि जसमा पुरुष , महिला , धनी , गरिव कथित ठूलो जात , कथित सानो जात आदि सबै पर्छन , बाहिरी पक्षद्घारा गरिने उत्पीडन नै हो । महिलामाथि पुरुषको , गरीवमाथि धनिको र कथित तल्लो जातमाथि कथित माथिलो जातको उत्पीडन त पहाडियाहरुमा पनि हुन्छ र वास्तवमा संसारभरि हुन्छ । तर आन्तरिक शोषण , दमन हुने भएकै कारण बाहय शोषण , दमन प्रधान हुन सक्दैन भन्ने कुरो हैन् ।
मधेशी समुदायको समस्या नेपालको विशिष्ट समस्या हो । वास्तवमा यो समस्या नेपालको मात्र हैन , सिगों विश्वकै सास्या हो किनकि यस्तो समस्या विश्वको कुने मुलुकमा पनि छैन् । वर्गीय , जातीय , क्षेत्रीय , लैङ्गिक । रङ्गभेद आदि समस्याहरु त थुपै्र ठाउँहरुमा पाइन्छन् । छुवाछुतको समस्या पनि अन्त नभएको होइन , भारतमा छ । तर मधेशी समस्या कतै छैन । मूलत ः मधेशी समस्या भनेको पहाडी भूभागमा बस्नेहरुद्घारा समथर भूभागमा बस्नेहरु माथि गरिने उत्पीडनद्घारा सिर्जित समस्या हो । यस्तो समस्या भारतमा समेत छैन । भारतमा त बरु त्यसको उल्टो छ अर्थात समथर भूभागमा वस्नेहरु द्घारा पहाडमा बस्नेलाइ पहाडिया आदी भनेर हेपिन्छ , उत्पीडन गरिन्छ ।
विचार पछि नीति र नेतृत्वको कुरा आउँछ । मधेशवादी दलहरुको मधेशी समस्या सम्बन्धी ठोस एवं सही नीति छैन् जुन नीति बनाएका छन त्यो गलत अवैज्ञानिक र प्रभुत्ववादी छ , । र नेतृत्व पनि सही छैन । नेतृत्वमा मधेशी समुदाय पनि अझ दबिएका , हेपिएका , गरीब , मजदुर , कसानहरुको सहभागिता एवं प्रतिनिधित्व छैन , त्यस क्षेत्रका सामान्त , धनी , जमिनदार र शोषक , उत्पीडकहरुकै वर्चश्व छ । यसतो नेतृत्वले कसरी उत्पीडित मधेशी समुदायलाइ मुक्ति दिलाउन सकला ? आजका मधेशी दलका नेताहरु विगतका राजावादी , राप्रपा नेपालका ९ रेणु यादव , मृगेनद्र नारायण यादव ० जो ठूला जमिन्दार थिए । तिनीहरु अहिले आएर मधेशी मुक्तिको गाथा गाएका छन ।
चाहे वर्गीय , जातीय , क्षेत्रीय वा लैङ्गिक वा जुनसुकै प्रकारको उत्पिडन किन नहोस , त्यसवाट मुक्ति हासिल गर्न भावनाले मात्रै पुग्दैन , विचार र राजनीति नै चाहिन्छ । ठोस एवं सही नीति र योजना नै चाहिन्छ । विचार पनि जस्तो सुकै होइन , वैज्ञानिक एवं क्रान्तिकारी हुनुपर्छ । क्रान्तिकारी विचारले संगठन एवं नेतृत्वले मात्रै मुक्ति संघर्ष हाक्न र मुक्ति हासिल गर्न सक्दछ । यस्तै क्रान्तिकारी विचारको अभाव भएकै कारण नागा, बोडो , कश्मिरी , तामिल , प्यालेष्टाइनी लगायतका राष्टिय मुक्ति आन्दोलनहरुले दशकौँ देखि सशस्त्र संघर्ष गर्दै आइरहेतापनि अझै मुक्ति प्राप्त गर्न नसकेको तथ्य सबैले बुझन जरुरी छ ।
मधेशी समुदायको देशभक्तिमाथि कतिपय व्यक्तिहरुले प्रश्न उठाउने गरेको पनि पाइन्छ । उक्त समुदायका केही मान्छेहरु वा कुनै संगठन का विदेशी दलाल र राष्टियता विरोधी हुन सकलान र होलान पनि , तर सिगों समुदाय देशभक्त छ र नेपालको राष्टियता एवं सार्वभोमिकतालाइ माया गर्छ । वास्तवमा मुलुकको दक्षिणी सिमानाको रक्षा यिनै देशभक्त मधेशीहरुले गरिरहेका छन् । विदेशी दलालको कुरा गर्ने हो भने नेपाल बेचेको आरोप लागिरहेकाहरु सबै पहाडियाहरु हुन , कोही मधेशी होइनन् ।
निष्कर्षमा , अहिले शासकहरु मधेशी र मधेशको पहिचान मिटाउन आंशिक रुपमा २२ वटा मधेशका जिल्लाहरु लाई विभाजन गरेर सफल भएका छन् । नेपालमा प्रतिगामी सोच, एजेण्डा भएका राजनेतिक पार्टीहरुको एजेण्डा घोषण पत्रमा मात्र सिमित भएको छ । त्यसैले आजको आवश्यकता भन्नेको नेपालका सबै पार्टीका प्रतिगामी सोच भएका टाउकाहरु एकजुट हुनु जरुरी छ ।
लेखक अजय यादव (बरबरिया) कानुनका विद्यार्थी हुन ।