नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम एतिहाँसिक मधेश सम्मेलन पुष ५ र ६ गते जनकपुरधाममा आयोजन गरिएको छ । पार्टीका केन्द्रिय नेताहरु सभापति, दुवै उपसभापति, महामन्त्री सहितका शिर्षनेताहरुको सहभागिता रहने सम्मेलनले मधेशको भविष्य निर्धारण गर्ने दावी मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको छ । प्रस्तुत छ सोहि सन्दर्भमा एसपी खवरका लागि प्रधान सम्पादक पुरन रौनियारले यादव संग गरेको कुराकानी जस्ताको त्यस्तै :
काँग्रेसका प्रदेश सभापतिका रूपमा अहिलेसम्मको कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?
सभापतिको रुपमा मुल्यांकन गर्नुपर्दा मेरो यो पहिलो कार्यकाल हो, संरचना पनि पहिलो हो, धेरै संरचनाहरु निर्माण गरि पुर्णता दिने काम भएको छ, र प्रत्येक ठाँउ, नगर, क्षेत्र, प्रदेशमा हामि आफना गतिविधी एक चरणमा गरिसक्यौं अव अर्को चरणमा अघि बढछौं, मलाई लाग्छ यो प्रदेश कार्यसमितिले स्थानिय निकाय संग सिधा सरोकार राख्छ र त्याँहाको आवश्यकता, त्यहाँको जनताको ईच्छा, अपेक्षा सबै कुरा हामि नजिकबाट नियाली रहेकाले पार्टीलाई सहज भइरहेको अनुभुति हुन्छ ।
देशको संघीय ढाँचा अनुरूप काँग्रेसको विधानमा पनि प्रादेशिक संरचनाको व्यवस्था गरियो । तपाईँलाई के लाग्छ, यो कति कार्यमूलक बन्न सफल भयो ?
अव देशको संघियता र प्रणाली अनुसार जुन हाम्रो प्रदेशको विधान बनेको छ र हामिले पाएको जुन जिम्मेवारी छ त्यसमा अव थालनीको चरण हो त्यसमा धेरै कुरा परिमार्जन गर्नुपर्ने पनि देखिन्छ जो चाँहि हामी यो मधेश प्रदेशको पहिलो सम्मेलनबाट सुझावको रुपमा महासमितिमा पठाउदै छौं ।
तपाईँकै कार्यकालमा स्थानीय तह निर्वाचन र आम निर्वाचन भए । प्रदेशमा काँग्रेसले आशातीत सफलता प्राप्त गर्यो र ?
अव यो स्थानिय तहको चुनावमा सव भन्दा बढि सिट कांग्रेसले त जित्यो नै, र आम निर्वाचनमा पनि समानुपातिकमा कांग्रेसकै सबै भन्दा बढि सिट छ, यद्यपि गठबन्धनले गर्दा हामि सिटनै कम पाएकाले समस्या भयो र प्रत्यक्षमा सिट अपेक्षित पाउन सकिएन । हामि सबै सिटमा उम्मेदवार लडाउन पाएको भए बहुमतको सरकार बनाउन सक्थ्यौं मधेश प्रदेशमा, त्यसमा अलिकति कमिकमजोरी महशुस गरिएकै हो ।
पार्टीको विधान संशोधन गरेर प्रदेश कार्यसमितिको अधिकार थप्ने आवाज उठिरहेको छ । खासमा कस्तो अधिकारको अपेक्षा गर्नुभएको छ ?
अव अधिकार भनेको केन्द्रले सिधा स्थानिय तहलाई हेरिरहेको अवस्था छ, प्रदेश समितिलाई बाईपास गरेको हामिले महशुस गरेका छौं । हाम्रो मांग भनेको कुनै पनि क्रियाकलाप भयो भने प्रदेशको माध्यम भएर स्थानिय तह सम्म पुग्नु पर्छ भन्ने हो । त्यसो भयो भन्ने कार्यान्वयन, मुल्यांकन र अनुगमन सबै गर्न सजिला भई पार्टीको संगठन एकदम सुदृढ पनि हुन्छ किनभने हामि नकिजवाट सबै नियाल्ने अंग हो पार्टीको ।
प्रदेशलाई अधिकारसम्पन्न बनाउँदा जिल्ला तहको भूमिका अवमूल्यन हुँदैन र ?
हुदैन, जस्को जहाँ भुमिका छ ति सबैलाई हामिले यथावत राखि यो प्रदेशको भुमिका पनि सार्थक गर्नु पर्छ किनभने सबैथोकको अभिलेख प्रदेशले गर्नुपर्ने अवस्था छ, त्यस्को लागि प्रदेश पनि अव जिम्मेवार भएर स्थानिय निकाय सम्म, नगर समिति, प्रदेशसभा समिति, क्षेत्रिय प्रतिनिधीसभा समिति र जिल्ला समिति सवैलाई हामि जिम्मेवार र सक्रिय बनाउछौं ।
प्रदेशसभामा काँग्रेस सबैभन्दा ठूलो दल तर सानो दलको नेतृत्वमा सरकारमा हुनुहुन्छ । असजिलो महसुस गर्नुभएको होला ?
एकदम असजिलो भइरहेको छ, किनभने जनताको यहाँ प्रदेशमा जुन हाम्रो बहुमत छ, हामि प्रदेशमा यो सरकारको ठुलो दलको रुपमा सहभागि छौं तर जनताको ईच्छा र अपेक्षा अनुसार काम गर्न नसकिरहेकाले समग्र पार्टीमै असर परिरहेको छ । नेतृत्व नभएकाले त्यस अनुसारको डेलीभरी दिन नसक्दा समस्या छ यो प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार भयो भने मेरो बिचारमा यहाँको जनताले पनि अनुभुति ग¥थ्यो कि यो प्रदेशमा सरकार छ, विकासको मामिलामा प्रगतीशिल छ र भोलीको दिनमा मधेश प्रदेश स्मृद्व हुन्छ भन्ने आशा जाग्थ्यो ।
प्रदेश सरकारको नेतृत्व पार्टीले गर्ने दिशामा के प्रयत्न भइरहेका छन् ?
अव हेर्नोस यस्मा गठबन्धनको कुरो छ, केन्द्रिय नेतृत्वलै नै गठबन्धन गरेका छन तर नेपाली कांग्रेसले पनि पाउनु पर्छ भन्ने कुरा गठबन्धनले भनेकाले हाम्रो पनि एक किशिमको आश्वासन दिइएको छ, यस विषयमा केन्द्रिय नेतृत्वले नै प्रयास गरिरहेको होला जस्तो लाग्छ मलाई ।
एकातिर गठबन्धनका कारण आलोपालोलाई रूँगेर बस्ने अर्को तिर पार्टीमा गुटगत विभाजन, यसले प्रदेश कार्यसमितिलाई काम गर्न कति कठिन छ ?
कठिन त कठिन हो, अव साथीहरु जस्को चित बुझया छैन, कसैको ईच्छा होला हैन पार्टीमा सहयोग गरेर अगाडि बढौं, कतिलाई होला पार्टीलाई असहयोग गरेर पार्टीलाई विगारौं त्यो पनि छ । अव यि सबैलाई मिलाएर अगाडि बढदा खेरि निश्चित रुपले अलिकति कठिनाई त छ तर मलाई विश्वास छ नेपाली कांग्रेस नै एउटा पार्टी हो यो देशमा जो कि सबले पत्याएको छ, र सवले अपेक्षा पनि गरेको छ कि नेपाली कांग्रेसले नै गर्न सक्छ अरु वाँकी पार्टीहरु ईश्युमा जन्मेका पार्टी हुन कति दिन रहन्छ कति दिन रहदैन ठेगान छैन ।
एतिहाँसिक यो पहिलो मधेश सम्मेलनको संकेत के हो ?
यो मधेश सम्मेलनको संकेत भनेको सर्वप्रथम यो मधेश प्रदेशमा नेपाली कांग्रेसको उपस्थिती कति बलियो छ भन्ने दर्शाउनु हो, अर्को मधेश प्रदेशमा नेपाली कांग्रेसलाई जहिले पनि केन्द्रले यो मधेशवादीको जिम्मा जुन लगाउदै आएको जुन परिपाटी छ त्यसलाई ब्रेक गर्नका लागि केन्द्रिय नेतृत्वलाई एक किशिमले पार्टी, नेता र कार्यक्रता माथी बिश्वासको वातावरण निर्माण गर्न यो सम्मेलनले प्रेरित गर्ने छ, जस्ले अगामि दिनमा पार्टी एक्दै पुनः आफनो लयमा फर्किने छ ।
धन्यवाद यहाँलाई
धन्यवाद