सुजीत कुमार झा
वृहस्पतिवार विहानैदेखि जनकपुरधाममा एउटा छुट्टै माहौल देखिएको थियो । कोही पैदल हिडी रहेका थिए कोही मोटरसाइकलमा तर सबै हनुमान झण्डा राखेका थिए । पैदल हिडनेहरु हाथमा झण्डा राखेका थिए भने साइकल मोटरसाइकल भएकाहरु आ–आफना गाडीमा झण्डा टाँगेका थिए ।
‘हनुमान जयन्ती भएका कारणले सबै यसमा रमाएको देखियो । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण समेत गरिएको छ, गौसंरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले वताए । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बुद्धि, ज्ञान, तप र साधनाको शाश्वत संकट मोचन पवन पुत्र हनुमानको जयन्ती भएकाले जनकपुरधामवासीलाई उत्साहित हुनु स्वभाविक रहेको वताए । हनुमान जयन्तीको अवसरमा नगरमा शोभा यात्रा निकालिएको छ शोभायात्राको भीड देख्ने लायक थियो । ठाउँ ठाउँमा हनुमान चालिसा, सुन्दरकाण्ड पाठ पनि गरिएको छ । हामी आ–आफना घरमा पनि हनुमानको पूजा गरेको स्थानीयवासीले वताए ।
‘मिथिलामा हनुमानको भक्तको संख्या धेरै रहेको छ । शानिवार र मंगलवार ब्रत गर्नेहरु हजारोमा छन, आजपनि धेरैले व्रत गरेका छन,’ संस्कृतिविद् एवं मैथिलीका साहित्यकार चन्द्रमोहन झा ‘पड़वा’ले वताए । हनुमानको पूजा पाठ गर्ने एवम् मंत्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखि भुतप्रेत पिचासले दु:ख नदिने भन्नेसम्म जनविश्वास छ ।

बजरंगबलीलाई प्रसन्न गर्न यस मंत्रलाई जाप गर्नुपर्छ :
सुमिरि पवन सुत पावन नामू ।
अपने बस करि राखे रामू ।।
सबैप्रकारको रोग र पीड़ावाट मुक्ति पाउनका लागि यस मंत्रलाई जाप गर्नुपर्छ :
हनुमान अंगद रन गाजे ।
हांके सुनकृत रजनीचर भाजे ।।
नासे रोग हरैं सब पीरा ।
जो सुमिरै हनुमत बल बीरा ।।
कुनै कार्यको सिद्धिका लागि यो मंत्रलाई जाप गर्नुपर्छ :
ॐ हनुमते नम: ।
धन– सम्पत्तिको प्राप्तिका लागि यो मन्त्रको जाप गर्नुपर्छ :
मर्कटेश महोत्साह सर्वशोक विनाशन ।
शत्रून संहर मां रक्षा श्रियं दापय मे प्रभो ।।
आफनो रक्षा र यथेष्ट लाभका लागि यो मंत्रलाई जाप गर्नुपर्छ :
अज्जनागर्भ सम्भूत कपीन्द्र सचिवोत्तम ।
रामप्रिय नमस्तुभ्यं हनुमन् रक्ष सर्वदा ।।
दुश्मनवाट मुक्ति पाउन लागि हनुमान जीको यो मंत्रलाई जाप गर्नुपर्छ :
ॐ पूर्वकपिमुखाय पच्चमुख हनुमते टं टं टं टं टं सकल शत्रु सहंरणाय स्वाहा ।
हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पति पत्नी बीचको कलह हट्ने छ शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन । चैत्र शुक्ल पूर्णिमा तिथिमा हनुमान जयन्ती भएकोले विशेष पर्वको रूपमा व्रत, पूजा ,आराधना रामायण को पाठ गरी नीकै हर्ष उल्लासका साथ मनाउने गर्दछन् । हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ ।
चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन, यस दिन घर–घरमा लक्ष्मीनारायणलाई प्रसन्न तुल्याउन व्रत गरी सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन रहेको धार्मिक जानकारहरु वताउँछन । यस अवसरमा जनकपुरधाममा दूधमती नदी, गंगासागर, धनुषसागरमा नुहाउनेहरुको भीड देखिएको थियो ।
शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।

हनुमानको शक्ति
विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगवानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँगैधेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगवान शंकरले हनुमानको रुपमा जन्म लिनुभएको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । हनुमानको रूपमा लंका जलाउनु, भगवान रामको अनन्य भक्ति गर्नु अनि माता अञ्जनिको भक्तिबाट प्रसन्न भई वर माग्न भन्दा भोलेनाथलाई नै आफ्नो पुत्र को रूपमा पाउने इच्छा जाहेर गरेकीले सो पूरा गरिदिनु पनि उहाँ पृथ्वी लोकमा आएको जानकारहरु वताउँछन् ।
फरक फरक बार पूजा विधि र सामाग्री ले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिने जनविश्वास रहिआए अनुरुप सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, सिन्दुरे रातो झण्डा अर्पण गर्दा नीकै प्रसन्न हुने उनलाई पिपलको पातमा रामको नाम लेखेर बनाएको माला पनिअति उत्तम मानिन्छ जनकपुरधामका धार्मिक जानकार दिगम्बर झा ‘दिनमणि’ले वताए । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागि तथा शनिदेवको कृपा प्राप्त गर्नको लागि पनि हनुमानको आराधना गर्नु नीकै फलदायी रहन्छ उनको कथन रहेको छ ।
मारुती, महावीर, बालाजी, पवनपुत्र, संकटमोचन आदि नामले पुकारिने हनुमान लाई विशेष गरी राम र सीताको विछोड पश्चात् पुनर्मिलन गराउने काम गरेका हुनाले आज पनि बिछोडिएका र हराएका व्यक्ति हरुको खोजीका लागि सत्य मनले विश्वासका साथ विधिपूर्वक हनुमानको पूजा गर्नु उचित हुने विश्वास पनि समाजमा रही आएको छ ।
‘अष्ट चिरञ्जिवी मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्नुलाई आफ्ना अप्ठ्यारा परिस्थितिसँग छुटकारा पाउनु हो भनेर पनि हिन्दु धर्ममा आस्था राख्ने हरु बताउँछन्,’ सांस्कृतिविद् पड़वाले वताए ।
हनुमान (हनुमान, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन । उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार (रुद्र ( भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ । उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सित युद्ध रहेको छ ।
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो । हनुमान पवन–पुत्रको रूपमा चिनिनु हुन्छ । पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका देखाउनुभएको थियो । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउँडो हो जो ‘हन्’ धातुबाट बनेको छ ।
‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अत: हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । गज (हात्ती) लाई शुभ मानिन्थ्यो ।
तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महत्व वृद्धि भयो । ‘मंगलमूरत’को रूपमा अथवा संकट मोचकको रूपमा पुजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो । हनुमान वायुका छोरा मानिएका छन् । उनले कुनै रूप धारण गर्न सक्थे । उनी रामका परमभक्त हुन् ।

शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबैभन्दा आधिकारिक स्रोत हो ।
कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन । परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ ।
पवन तनय ब्ल पवन समाना
बुद्धि विवेक विज्ञान निधाना
कवन् सो काज कठिन जग माही
जो नहि होय तात तुम्ह पाहीं हनुमान र शनि
शनिको बक्र दृष्टि वाट ब्रह्मा, विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेनन् । यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ । रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो । यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण । नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ ।
यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो । जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो । तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदिएको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ । जब हनुमान लंकामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर ‘शनि’को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन । हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे । भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरेका थिए ।
‘शनि’ले ‘तथास्तु’ भने । यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले वताए । ‘हनुमान स्वयं लाई पनिआफ्नो समुन्द्र पार गर्न सक्ने, लंका जलाउन सक्ने पर्वत उचाल्न सक्ने जस्ताक्षमता थाहा नभएको र अरू कसैले भनिदिए पछि मात्र आँट गर्दा सफलता मिले जस्तै हरेक मानिस भित्र पनि कुनै न कुनै क्षमता हुने तर पहिचान गर्न नसक्दा रुमल्लिने र कसैको साथ हौसला अनि प्रेरणा पाएँ अगाडि बढ्न सजिलो हुने तर जो कसैलाई हौसला र प्रेरणा दिने काम हरेकले गर्न नचाहने गरेकोपनि देख्न सकिन्छ,’ संस्कृतिविद् पड़वाले वताए ।

हनुमान र सिन्दुर लेपन
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदमा भनिएको छ – यसले हड्डी एवं मांशलाई सुसंगठित शरीर निमार्णमा अहम भूमिका खेल्दछ । यससम्बन्धमा एउटा कथापनि चर्चित रहेको छ । कथा अनुसार रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो । त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे किन यसो गर्नु भएको । हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभएको धार्मिक कथाहरुमा उल्लेख रहेको छ ।
त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महत्व अझै बढेको प्रस्ट हुन्छ ।
एउटा अर्को कथा अनुसार सीता माताले सिन्दूर लगाएको देखेर एकदिन हनुमानले जिज्ञासा राखेका छन । सिन्दूर लगाउँदा भगवान राम प्रसन्न हुने गरेको वताएपछि उनले पूरै शरीर लगाएका थिए जसबाट रामसीता आश्चर्यचकित मात्रै नभइ कारण बुझेपछि निकै खुशी भएका थिए ।
हनुमान पुजन महत्व

वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रह्मचारी, संकटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ । उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वधेरैले विश्वास गर्ने गर्छन् ।
वर्तमान समयमा मानिसहरू उनलाई संकटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन् । हनुमानको पूजा विशेषगरी संकटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन । विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रह्मचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ । यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन् ।
हनुमानलाई भक्तियोगको लागि महत्वपूर्ण मानिन्छ । उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए । साथै हनुमानलाई परमव्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ ।