FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


राष्ट्रिय एकताको रंगमा रंगिदै छ “होली“


राष्ट्रिय एकताको रंगमा रंगिदै छ “होली“

–प्रफुल्ल घिमिरे

रंग अविरको पर्व हो होलि । सद्भाव , प्रेम , आत्मीय मिलनको पर्व । तितामिठा आफुसंग भएका सबै कुराहरुलाई बिर्सदैं नयाँ उमंग , उत्साह र उर्जाका साथ अग्रजहरुलाई सम्मान गर्दै , तिक्तताहरुलाई बिर्सदैं आत्मीय सम्बन्धलाई गाँस्दै सद्भावपुर्ण एक अर्कालाई रंग अविर दलेर मिष्ट्टान्न भोजन गरेर मनाइने हर्षोउल्लासको पर्व हो होलि ।

बोट, बिरुवाहरु पनि नयाँ पालुवा पलाएर मधमस्त भइ आनन्द बिभोर भएर सारा संसारलाई आफ्नो उन्म्मादमा मोहित पारिरहेको बेला बसन्त ऋतुमा मनाइने उमंग उन्मादका पर्व होलिको आनन्द मिथिला क्षेत्र एंव जनकपुर धाममा सर्वोत्कृष्ट रहेको छ । जाडोको समापन गर्मीको आगमन ! मौसमको अनुकुलता । कल्वर ध्वनिका साथ चराचुरुङ्गीहरु पनि हर्ष विभोर भएर नाँचिरहेको बेला ।

कुहु…कुहु कोइलीको स्वरले मनमुग्ध पारिरहेको वातावरण । सारा प्रकृति नै मद मस्त भएर झुम्मी रहेको बेलामा हर्षोल्लास, उत्साह , उमंगका साथ रंग अबिरबाट रंगने–रगाउने हास परिहास गर्दै मस्तिका साथ रमाउने आनन्ददायिक पर्व होलिले जिवनमा नव उमंग उत्साह उर्जाले भरिपुर्ण गरिदिन्छ ।

रंगको पर्व संसार भरी नै आ–आफना रितिरिवाज परम्परा अनुसार मनाउने गरिन्छ । रंगलाई मानिसहरुले जीवन पद्धतिमा एउटा अभिन्न अंगको रुपमा लिएका छन । विश्वका मानिसहरुले पनि विभिन्न नाउबाट आ–आफ्नै किसिमले रंगका पर्व मनाउने गर्छन। भारत र नेपालमा पनि विभिन्न वर्ग समुदायले आ–आफ्नै धर्म–संस्कृति , परम्परा अनुसार रंग अबिरका पर्व होलि मनाउदै आइरहेका छन। विभिन्न समुदायले आ–आफ्नै किसिमबाट मनाउने होलिको आफ्नै विषेशताहरु रहेका छन ।

भारतको जयपुरमा होलिको अबसरमा तमासा देखाएर मनाइन्छ । बंगालमा ढोल उत्सवको रुपमा रहेको छ भने वृंदाबन , बरसाना, मथुरा , पंजाब, बनारस, अयोध्या लगायत अन्य ठाउँका होलिको आ–आफ्नै आनन्द रहेका छन । त्यहाँ “होलि“ को आफ्नो मौलिकतालाई त्यहाँका मानिसहरूले जोगाएर राखेका कारण लाखौं पर्यटकहरु होलि हेर्न , मनाउन आउने गर्छन ।
नेपालमा पनि विभिन्न समुदायले आ–आफ्नै धर्म–संस्कृति , परम्परा अनुसार होलि मनाउदै आइरहेका छ्न ।

यहाँ दुई दिन होलि मनाउने परम्परा रहिआएको छ। फाल्गुन पुर्णिामाका दिन पहाडी समुदायले मनाउने गर्छन् भने चैत्र प्रतिपदाका दिन तराई अथार्त मधेसी समुदायले मनाउने चलन चली आएको छ। तर यी दुबै दिन सबै समुदायले सद्भाव आत्मीयताका साथ होलि मनाउने गर्छन् । थारु , मारवाडी , ज्यापू, नेवार लगायत विभिन्न समुदायले रंगका पर्व मनाउने आ–आफ्नै परम्परा रहि आएका छ्न । तर अहिले सबै जात जाति , बर्ग, धर्म, संस्कृतिका समुदायले मनाउन थालेका छन। राष्ट्रिय एकताको रंगमा रंगिन थालेको छ !

मिथिला क्षेत्र मिथिलाका राजधानी जनकपुर धाममा मनाउने होलि आफ्नै प्रकारको रहेको छ। फाल्गुन औशिंका दिन धनुषा जिल्लाको कचुरी गाउँमा रहेको मिथिला बिहारिको मन्दिरबाट राम र सीताको युगल मूर्तिलाई डोलामा सजाएर भजन किर्तन, झाँकी , बाजागाजा सहित पन्द्रह दिने मिथिलाको मधयमा परिक्रमा गर्न निस्किन्छ ।

सोही दिन देखि परिक्रमा गर्नेहरुले होलि अबिरबाट खेल्न प्रारम्भ गर्छन् । जब परिक्रमा गर्दै डोला फाल्गुन सप्तमिका दिन कञ्चन बनमा पुग्दछ तब यहाँ धुम धामका साथ परिक्रमावासिहरु होलि खेल्ने गर्दछन । भगवान रामले संगिहरुसंग होल्कोत्सव यहीं स्थलमा मनाएका थिए भन्ने मान्यता अनुसार नचारी , भजन , किर्तन, गित गाएर रात रातभर नै होलि खेल्ने गर्दछन । यस दिन यहाँ परिक्रमा नगर्ने भक्तजनहरुको पनि होलि मनाउन ओइरो नै लागेको हुन्छ ।

फाल्गुन चतुर्थिका दिन मध्यमा परिक्रमाको डोला परिक्रमा गर्दै जनकपुर धाम आई पुग्दछ । यसको भोलि पल्ट फाल्गुन पुर्णिामा दिन अन्तगृह परिक्रमा गरे पश्चात् बैष्णव समुदायले यहाँका मठ मन्दिरमा होलि मनाउने गर्दछन भने कतिपयले
आ–आफ्नो घर परिवरमा मनाउने गर्दछन ।

अधिकांशले त व्यबसायमा असर पर्ने तथा परिक्रमा गर्ने भक्तजनहरुलाई अप्ठ्यारो पर्ने भएकोले भोलिपल्ट मनाउने गरेका छन । यदि यस दिन आइतबार वा बिहिवार पर्न गयो भने अधिकांश माछा मासु खानेहरुले यसको भोलिपल्ट मनाउने गरेका छन । हुन त मिथिला क्षेत्रमा होलिको रौनकता बसन्त पञ्चमी देखि नै प्रारम्भ हुँदछ ।

बसन्त पञ्चमी देखि नै मानिसहरू आ–आफ्ना गाउँ शहरका मठ–मन्दिर , दलान , सार्वजनिक स्थलहरुमा समुह समुहमा जम्मा भएर ढोलक , डम्फा , कठताल आदि बाध्यवादनका साथ होलिको भगवान राम, कृष्ण , महादेव आदि सम्बन्धि लोकगितहरु, जोगिरा हर्ष विभोर भइ गाँउदै रमाउने गर्छ्न ।

वास्तवमा यो चाड अविरको चाड हो । रंग पर्वको हो। आपसी सद्भाव , मित्रता र प्रेम अभिव्यक्त प्रकट गर्ने पर्व हो।
पुराना रिस–राग बिर्सेर , एक अर्काको घरमा पुगेर , रंग अविर दलेर , मिठा–मिठा खाने कुरा खाएर आत्मियता गाँस्दै समुह समूह बनाएर रंग अबिर खेल्ने यो पर्व को बिशेषता हो । एक अर्कालाई अंगालो हाल्दा , रंग–अविर लगाउँदा रहेका वैमनस्यता पनि मेटिएर जान्छ । यो पर्व सामुहिक रुपमा मनाइन्छ ।

पुरुष हुन वा महिला , युवा हुन वा युवती , बुढा हुन वा बच्चा सबै एकै रंगमा रंगीन पुगेका हुन्छन् । धनि–गरिब, सानो–ठुलो , छुत–अछुत , ठूलो जात–सानो जातको कुनै प्रकारका भेदभाव हुँदैनन। सद्भावपुर्ण रुपले प्रेमत्वको रंगमा रंगिदैं आत्मीय सम्बन्ध गाँस्दै जब सबै एकैनासले समान रुपमा रंगिन पुग्दछन अनि यसलाई भनिन्छ –“होलिको रंग“ ।

नयाँ उर्जा , उत्साह , उमंग, प्रेम, सद्भावको रंगबाट जब रंगिन पुगिन्छ तब प्रष्फुटन हुन थाल्दछ हास–परिहास ।अनि प्रारम्भ हुन थाल्दछ ढोलक ,डम्फा, झाल, करताल जस्ता बाध्यबादनको मधुर धुनमा
सा रा रा रा रा.. जोगिरा सा रा रा रा रा रा …,
बा भाइ बा, बा खेलाडी बा..
जोगिरा सा रा रा रा रा…२
ध्यान राखु बस यते केकरो रंग न होय बेरंग,
रोम रोम मे खुशिया भइर दे होलि के ए उमंग !
जोगिरा सा रा रा रा रा रा रा रा २
सा रा रा रा रा रा रा
रंग होइ चाहे हरियर, पियर, कारी बैगिनी, लाल,
मस्ती के संगे घुलमिल जाउ खुव करु धमाल !
जोगिरा सा रा रा रा रा रा रा .. सा रा रा रा रा रा
बा भाइ बा, बा खेलाडी बा,
मसला चाहि कोनो होए चाहि होए विवाद ,
समाधान निकल जाइछै जब होइछै संबाद !
जोगिरा सा रा रा रा रा रा रा रा २
बा भाइ बा ,बा खेलाडी बा ,
जोगिरा सा रा रा रा रा रा २
केकर खातिर पान बनल, केकर खातिर बाँस,
केकरा खातिर पूडी पुवा, सिस्टम भइल सत्यनास ,
जोगिरा सा रा रा रा रा रा …सा रा रा रा रा
नेतवन खातिर पान बनल, पब्लिक खातिर बाँस,
अफिसर खाये पूडी पूवा, सिस्टम भइल सत्यनास,
जोगिरा सा रा रा रा रा रा रा..२
अनि मस्तिका साथ रंगिन पुगिन्छ कर्ण प्रिय स्वर हास परिहासको रंगले ! आनन्द दायक, अद्भुत, अजुवा, मन मोहक पर्व होलि। यो सद्भावको पर्व । हर्षोल्लासको पर्व । मुक्त स्वच्छन्द हास–परिहासको पर्व । धर्म एंव परम्परागत संस्कृति रंग अबिरको पर्वको धार्मिक मूल्य मान्यताहरु पनि आफ्नै प्रकारका रहेको छन।

सत्य युगमा द्वेष प्रवृतीका हिरण्यकश्यप र सद प्रवृत्तिका भक्त प्रह्लादका संघर्षमा सद प्रवृत्तिको रुपमा रहेका प्रह्लादको बिजय भएको खुशियालिमा होलि खेल्ने परम्पराको प्रारम्भ भएको हो भन्ने गरिएको छ। असत्य माथी सत्यको विजय। अधर्म माथी धर्मको विजयको खुशियालिमा सत्ययुग देखि द्वापर युग हुँदै यो पर्व कलियुगमा समेत हिन्दुधर्मालम्बिहरुले उमंग उत्साहका साथ धुमधामका संग रंग अबिर एक आपसमा दलेर मनाउदै आइरहेका छन ।

यस पर्वको सन्दर्भमा एउटा रोचक कथा धर्मग्रन्थहरुमा उल्लेख रहेको छ। सत्य युगमा असुरहरुका एउटा निरंकुश राजा हिरण्यकश्यप रहेका थिए । ऊनी आफुलाई सर्वशक्तिमान , बलशाली राजाको रुपमा सबैले देउता सरह मान्नु पर्ने , पुज्नु पर्ने मान्यता लिएर राज्य चलाएका थिए । उनको बाहेक अरु कुनै देउताको पुजा , आरधना गरेको उनलाई मन पर्दैनथ्यो । कसैले अरुको पुजा गर्दा उसलाई आफ्नो शत्रु ठान्दथे ।

ब्रह्माको घोर तपस्या गरेर मेरो मृत्यु नहोस् भन्ने बरदान मागेका थिए । तर ब्रह्माले मृत्युु माथी बिजय पाउने बरदान दिन नमिल्ने बताए पछि हिरण्कश्यपले भने – मेरो मृत्यु न धर्तिमा–न आकाशमा, न घर भित्र–न घर बाहिर , न अस्त्रले–न शस्त्रले, न मान्छेले– न जनावरले मार्न न सकोस् भनि वरदान माँगे । तथास्तु भनी ब्रह्माले वरदान दिएका थिए। यस वरदानले गर्दा सबैलाई आफ्नो पुजा गर्न बाध्य बनाउन थाले । यसै बीच हिरण्यकश्यपकि श्रीमती गर्भवती भइन र उनी भागवत सुन्न पुगेकी थिइन । उनको गर्भबाट प्रह्लादको जन्म भयो। प्रह्लाद बिष्णुको भक्त भएर निस्के । हिरन्यकश्यपले आफ्ना शत्रु बिष्णुको ध्यान, पुजा–पाठ नगर्न आफ्ना छोरा प्रह्लादलाई बारम्बार सम्झाउँदा पनि नमानेकोले मार्ने निर्णय गरे।

प्रह्लादलाई पहाडबाट खसाए, हात्तीबाट कुल्चन लगाए , अनेकौं जुक्ति गर्दा पनि मार्न सकेनन् । निराश भइ सकेका हिरण्यकश्यपलाई उनकी बहिनी होलिकाले अग्निमा न जल्ने वरदान अग्निबाट आफुले प्राप्त गरेको कुरा बताउदै एउटा जुक्ति सुझ्याइन । उक्त जुक्ति अनुसार हिररण्यकश्यपको आदेशा अनुसार चिता बनाइयो। त्यसमा होलिकाले आफ्ना दाइका छोरा भक्त प्रह्लादलाई लिएर बस्न पुगिन । चितामा आगो लगाइयो ।

आगो लाग्दै प्रह्लादले पहिले झै बिष्णु बिष्णु भन्दै जप्न लागे । जसै जसै अग्नि होलिकाको समीप पुग्यो उनको शरीर जल्न थाल्यो । प्रह्लाद निश्चित भएर बिष्णुको नाउँ जपेर बसेका थिए । होलिकालाई यो वरदान दिंदा भनिएको थियो –“ यो वरदान तब सम्म प्रभाव पुर्ण रहन्छ जब सम्म आफ्नो स्वंयको रक्षा गर्न र अरुको भलाइको लागी प्रयोग गरिन्छ अन्यथा दुरुपयोग गरे निस्प्रभावी हुनेछ।“ चिता भयंकर ठुलो थियो। होलिका यसै अग्निमा जलेर भस्म भइन । प्रह्लादको रक्षा स्वयं नारायण बिष्णुले गरिरहेका थिए। उनी सकुशल बाहिर आए ।

उनका संगिसाथिहरुले उनलाई भस्म गर्न लागेको थाहा पाएर हेर्न जाँदा त्यहाँ प्रह्लादलाई जिवितै देखेर खुशिले हर्षबिभोर भइ होलिका जलेका चिताको भष्म नै एक आपसमा दलेर होलिका खतम –होलिका खतम भनेर रमाएका थिए रे ! यसै बेला देखी प्रत्येक साल यसै तिथिका दिन होलिकाको दहन गरेर यसको भोलिपल्ट खुशियालिमा रंग अविरका साथ होलि खेल्ने परम्परा चल्दै आएको छ।

कथाको अन्त्यमा बिष्णुले नरसिंहको अवतारको रुप धारण गरेर न घर भित्र– न घर बाहिर , न राती– न दिउसो , न अकासमा –न धर्तिमा, न शस्त्रले– न अस्त्रले, न मान्छेको रुपमा– न जनावरको रुपमा हिरण्यकश्यपलाई घरको संघारमा साँझ पख काखामा राखेर आफ्ना नंग्राहरुद्वारा मारेका थिए । यसै खुशियालिमा सत्य युग देखी नै होलि खेल्ने पररम्परा रहेको कुरा धार्मिक कथाहरूले व्यख्या गरेका छन । त्रेता युगमा भगवान रामले पनि विभिन्न स्थलमा होलि खेलेका धार्मिक ग्रन्थमा उल्लेख रहेका छन । द्वापर युगमा कृष्णले ब्रज भुमिमा राधा लगायत गोपिनिहरुसंग होलि खेलेका थिए । कलियुगमा आज हामी सो परम्परा लाई निर्वाह गर्दै आइरहेका छौं ।

दुष्ट चरित्र , प्रवृत्तिको समापन भएको खुशियालिमा मनाइने यस पर्वमा हामीले हामी भित्र रहेका दुष्ट चरीत्रलाई समाप्त पार्ने संक्ल्प लिन सक्नुपर्छ । यस्तो महान हर्षोल्लास पुर्ण पर्वलाई हामीले विकृति विसंगति व्यभिचारमा परिणत गरिदिएका छौं। रक्सीको नशामा धुत भएर गाली बेइज्जती गर्नु , अश्लीलता प्रदर्सन गर्नु , नाङ्गै घुम्नु होलिको मौलिकतामा झल्किन थालेको छ। केमिकल युक्त रंग मानिसमा जोर जबर्जस्ति दल्नु विशेष्ता बन्दै गइरहेको छ। मोबिल, एल्मुनियम पेन्ट जस्ता विषादी पेन्टहरु दलेर बहादुरी देखाउने आनन्द लिने प्रवृत्ति बढ्दै गएको छ । रक्सीको मातमा मोटर साइकल तिव्र गतिमा तीन चार जना बसाएर दौडाउनु , मारपिट–झै–झगडा गर्नु होलिको विषेशता बन्दै गइरहेको छ। यति मात्र कहाँ हो र ? होलिको बहानामा रगतका होलि खेल्न पनि थालिएको बिगतका तिता घटनाहरुले देखाउदछ।

सभ्य मानिसहरू घरबाट निस्कन डराउन थालेका छन । महिला युवतिहरु समुह –समुहमा एक अर्का घरमा गएर होलि खेल्ने परम्पराहरु हराउन थालेका छन । ढोलक, करताल, डम्फाहरुका स्वर सुनिन छाडेका छन । लोकगित, भगवानका गित, जोगिरा मानिसहरुले बिर्सन थालेका छन ।

बिगतका समयमा जनकपुर धाममा हुने होलिको रौनाकता अति नै सुन्दर ,अति नै रमाइलो जो सुकैलाई मन मोहित पार्दै लट्ठाइदिन्थ्यो । बिहानै फागु पुर्णिामाका दिन अन्तगृह परिक्रमा गरे पश्चात् केहि पहाडे समुदायले सोही दिन होलि मनाउने गर्दथे भने पुन: अर्को दिन पनि मनाइने होलिमा सबै सरिक भइ रंगिन पुग्दथे ।

जनकपुर धामका ब्रह्मपुरी , किशोरी नगर , वकिल टोल , नमुना वस्ती, भिमान टोल लगायतका वस्तीहरुबाट पहाडे समुदायहरु र जानकी नगर , पिडारी , मिल्स एरिया , रेल्वे स्टेसन , लक्ष्मण अखाडा , महावीर चौक , मुरलिचौक लगायतका वस्तिहरुबाट मधेसी समुदायहरु झुन्डका झुन्ड युवा–युवती , बुढा–पाखा सबै निर्भिकताका साथ होलि मनाउन घरबाट बाहिर निस्कने सद्भावपुर्ण वातावरण रहेको थियो। एक अर्काका घरमा जाने आफू भन्दा ठूला संग आशीर्वाद लिने , आफना संगी साथीहरुसंग होलि खेल्ने र मिष्टान्न भोजन गर्ने गराउने सद्भावपुर्ण आत्मीय सम्बन्ध गाँसिएको पर्व थियो।

जनकपुर धाममा होलि खेल्न, हेर्न बाहिरका मानिसहरुको ओइरो नै लाग्ने गर्दथ्यो। तर समयको विडम्बना ! क्षणिक राजनीतिका स्वार्थले राजनीतिक कर्मिहरुद्वारा उब्जाइएका क्षणिक विषाक्त वातावरणलाई झेल्न नसक्दा यहाँबाट पहाडे , मारवाडी र कतिपय मधेसी समुदायहरु पनि पलायन भएर गए । नयाँ बसोबासको व्यापकता हुन थाल्यो। जनकपुर धामका टोल टोल, चौक चौराहा, सार्वजनिक दलान मठ–मन्दिरहरुमा साँझै देखि ढोलक, डम्फा, करतालको ध्वनिमा गुञ्जिने जोगिराका स्वरहरु हराउन थाले ।

होलिका दिन विभिन्न स्वरुपमा मान्यजनका घर घरमा पुगेर बाध्य बादनका साथ जोगिरा गाउने , होलि मनाउने चलन हराउन पुगे । सिमित दायरामा होलि मनाउने प्रचलन प्रारम्भ भयो । “ होलि मिलन समारोह “ हरु आयोजना हुन थाले। जातीय संघ संस्थाहरुले पनि स्वाजातिए होलि मनाउन थाले । जातिए संकीर्ण दायरा भित्र मिथिलाञ्चल क्षेत्रको रमणीय पर्व होलिलाई जनकपुर धाममा समेटिन थालिएको छ।

यहाँका पुराना धर्म , संस्कृति , मुल्य मान्यताहरु हराउन थालेका छन । यस नगरीको आफ्नो पौराणिक धार्मिक , साँस्कृतिक स्वरुपलाई , मुल्य मान्यताहरुलाई भत्काउन थालिएको छ। मौलिक धार्मिक सांस्कृतिक पहिचानलाई झन ध्वस्त बनाउने वातावरणको निर्माण गरिदैं लगिएको छ । यस सन्दर्भमा जनकपुर धामका प्रबुद्ध व्यक्ती श्री अरुण गुप्ताज्यु व्यङ्ग्य गर्नुहुन्छ – हामी परापुर्वकालको कविलाहरु झैं समुह समुहको जथ्थामा फर्किन त थालेका छैनौ ? वहाँको यो व्यङ्ग्य घोच लाग्दो मार्मिक छ । यस कथनले हामी सबै जनकपुर धाम बासीलाई सोच्नुपर्ने अवस्थाको सृजना गरिदिएको छ।

अन्त्यमा एक चोटि गम्भीर भएर सोचौं ! यस हर्षोल्लास आनन्दमय महान पर्वलाई विकृती मुक्त पार्दै परापुर्बकालदेखी मनाउदैं आएको धर्म संस्कृति परम्परालाई संरक्षण सम्बर्द्धन गर्दै आफ्नो मौलिक पहिचानलाई कायम गर्ने मार्गमा अग्रसर होऔं ।



Tags: राष्ट्रिय एकताको “होली“

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy