एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २१ : कार्तिक मसिंरमा मनाईने मुख्य चाड छठपुजा सरह चैती छठ पनि विस्तारिदै गइरहेको छ । एक दशक अगाडि सम्म कुनै खास खास सरोवर र पोखरीमा मात्र केहि संख्यामा सिमित चैतमा मनाईने चैती छठमा यस वर्ष कार्तिकको छठ जस्तै उल्लास देखिएको छ ।
जनकपुरधामको मुख्य सरोवर गंगासागर र जानकी मन्दिर छेउमै रहेको अरगज्जा पोखरीमा यस वर्ष चैती छठमा पनि घाट भरिभराउ देखिए । अंगराजसर समेत भनिने अरगज्जा पोखरीमा त झन सरसजावट आकर्षक र कार्तिक छठको जस्तै रहेकाले कुनै पनि फरक नै महशुस भएन ।
स्थानिय जानकी युवा कमिटिकाका युवाहरु विशेष कार्यक्रम नै गरेर चैती छठलाई भब्य बनाउने काम गरेको छ । गंगा सागरमा पनि गंगाआरती हुने पश्चिम, उत्तर र पुर्वीघाटमा भिडभाड देखिएको छ । केहि वर्ष अघि सम्म चैती छठमा गंगासागरमा पश्चिम घाटमा मात्र भिड र वाँकीमा फाटफुट ब्रतालुहरु देखिने गर्थे ।
गंगाआरतीका अभियानी अधिवक्ता राजकुमार महासेठले पाँच वर्ष पछि कार्तिक र चैती छठमा कुनै पनि भिन्नता नदेखिने दावी गरे । हरेक वर्ष विस्तारिदै गएको ब्रतालुहरुको चाप र यस वर्ष देखिएको दर्शनालुहरुको भिडले जिज्ञासु देखिएका उनले चैती छठ द्रुत गतिमा विस्तारिदै गएको बताए ।

कार्तिकको छठपुजा प्राय सबैको हुन्छ, जसकारण जनकपुरधाम बस्ने प्राय परिवार आफना पुर्खयौली गाँउघर पनि जाने गर्छन तर चैती छठ जनकपुरधाम शहितका शहरहरुमा विस्तारिदै जानु र दर्शनालुहरुको भिड लाग्नुले यो छठ पनि लोकप्रिय बन्दै स्थानिय बताउछन् । जस्को ब्रत हुन्छ उ त आउँछ नै जस्को हुदैन उनीहरु पनि अनिवार्य जनकपुरधामको मुख्य सरोवरहरुमा हेर्न आउँदा चैती छठमा भिड बढदै गएको छ ।