एसपी रिपोर्टर
जनकपुरधाम, फाल्गुन २ :
धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टीमा महावीर झण्डा मेला आयोजना गरिएको छ । स्थानीयको सहयोगमा वडा कार्यालयद्वारा आयोजित सो श्री श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवमा नगरपालिका सहित जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकाका हजारौ व्यक्ति सहभागी भएका छन् ।
स्थानीय श्री महावीर झण्डा मेला समितिको सहआयोजनामा आयोजित सो मेलाको प्रमुख आर्कषण भगवान महावीरको आधुनिक मूर्तिसँगै वडाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेको छ । सो प्रतियोगिताको समन्वय स्थानय विश्वकर्मा भलिबल टीमले गरेका छन् ।
प्रतियोगितामा धनुषा, महोत्तरी, चितवन र सिरहासहित चार जिल्लाका २२ वटा टिमले सहभागिता जनाएका छन् । शुक्रवार सम्पन्न प्रतियोगितामा आयोजक टीम भगवानपट्टी विजयी भएका छन् ।
शनिवार हुने सेमिफाइनलमा धनुषाको कटरैत टीम सहभागी भइसकेका छन् । शनिवारकै खेलबाट अन्य टीम सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल आइतवार हुने आयोजक टीमले जनाएका छन् । आयोजक वडाध्यक्ष रामदेव कापरले भने भगवान महावीर अहिलेसम्म जिवित देवताको चिनिदै आएको छ । हिन्दु धर्म र सांस्कृतिक जर्गेणाका लागि वडावासीको सहयोगमा वडा कार्यालयद्वारा महावीर झण्डा मेलाको आयोजना गरिएको हो ।
यसमा वडासँगै स्थानीयवासी समेत सहयोग गरेका छन् । मेलामा सांस्कृतिक कार्यक्रमसँगै झरी लगायतका कार्यक्रम समेत आयोजना गरिएको छ ।