एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० :
विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु भोली तिलक र आमन्त्रण पत्र सहित अयोध्या जान लागेको छ ।
भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीकालागि आमन्त्रण पत्रसहित अयोध्याकालागि जान लागेको विश्व हिन्दु परिषदको धनुषा अध्यक्ष संतोष साहले जानकारी दिए । तीलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंहले विदाई गर्नेछन् । मुख्यमन्त्री सिंह मंसिर २ गते विरगंजमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलक सहित अयोध्या जाने कार्यक्रम रहेको उनले बताए । तिलक लिएर जाने समुह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलक सहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषदका महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तांतरण गरिने बताइएको छ ।
विश्व हिन्दू परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम समेत राखिएको छ ।